उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता

Authors

  • ज्ञानु अधिकारी

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60583

Keywords:

अन्तर्मिश्रण, आमसञ्चार, बहुविषय, बहुअर्थी, साहित्येतर

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
55
PDF
42

Downloads

Published

2023-12-13

How to Cite

अधिकारी ज. (2023). उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता. Prajna प्रज्ञा, 124(2), 76–85. https://doi.org/10.3126/prajna.v124i2.60583

Issue

Section

Articles