‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
DOI:
https://doi.org/10.3126/prajna.v124i2.60520Keywords:
समाख्यानशास्त्र, समाख्याता, मानसिक स्थिति, यात्रानुभूति, बालमनोविज्ञानAbstract
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।