'भिखारी' कवितामा मानवतावाद{ Humanism in 'The Beggar' Poem}

Authors

  • तुल्सीराम Tulshiram पोख्रेल Pokharel त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि Tribhuvan Multiple Campus, Palpa, T.U.

DOI:

https://doi.org/10.3126/pragyan.v8i1.67678

Keywords:

आर्तनाद Atanad, करुणा Karuna, जीवनरथ Jivanrath, दुरावस्था Dharavastha, मानवता Humanity.

Abstract

प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित भिखारी कविताभित्र प्रयुक्त मानवतावादी दृष्टिको स्थितिपहिचान र खोजअन्वेषण गरिएको छ । कविद्वारा अभिव्यक्त मानवीय संवेदनाहरूलाई नौ श्लोकमा संरचितभिखारी कविताका पृष्ठभूमिमा केन्द्रित रही मानवतावादी सिद्घान्तका आधारमा केलाउनु नै यस अध्ययनकोमूल उद्देश्य रहेको छ । कविताको अर्थापनका लागि पूर्वीय र पाश्चात्य साहित्य सिद्घान्तका सन्दर्भहरूमाआधारित भएर पाठ विश्लेषण विधिका जगमा सूक्ष्म पठन गरी गुणात्मक प्रकृतिको अध्ययन गरिएको छ ।कवितामा प्रस्तुत मानवतावादी चिन्तनसम्बन्धी समस्यालाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधानखोज्न कवितामा प्रयुक्त भनाइको गाम्भीर्यता र मानव मनको संवेदनालाई मानवतावादी काव्य सौन्दर्यका आधारमा विश्लेषण गर्नु नै अध्ययनको केन्द्रबिन्दु हो । आजको युगमा मानव जातिमा बढ्दै गएको स्वार्थ र लोभानिपापानिबाट मुक्त हुन नसकेको यथार्थता, समाजमा मानवभित्रको दानवीय प्रवृत्ति र गर्विलो स्वाभिमानबाट स्खलित हुँदै घृणित बन्नुपरेको अवस्थालाई मानवतावादी दृष्टिकोणका आधारमा केलाइएको छ । यसमा मानव–मानव बिचमा हुनुपर्ने समानता र मानवतावादी दृष्टिकोणलाई मानवजीवन, दर्शन र सभ्य समाज निर्माणमा मानवको भूमिका के कस्तो रेहेको छ भन्ने कुरालाई विश्लेषण गरिएको छ । पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोग गरिएको यस लेखमा विशेष गरेर मानवतावादी काव्य सौन्दर्य पहिचान गर्नुलाई मुल उद्देश्य बनाइएको छ । समसामयिक मानवीय जीवनका जटिलताहरूले मानवमनमा पार्ने आघातबाट उत्पन्न संवेदनागत विषयवस्तुलाई प्रतीकात्मक अभिव्यक्ति दिँदै ‘भिखारी’ कवितामा व्यञ्जित बिम्बात्मक भावका आधारमा मानवतावादी काव्य सौन्दर्यचेत मुखरित भएको निष्कर्ष निकालिएको छ ।

{In the presented article, the position of the humanist vision used in the beggar poem written by Lakshmi Prasad Devkota has been identified and researched. The main purpose of this study is to analyze the human feelings expressed by the poet on the basis of humanistic principles while focusing on the background of the beggar poem structured in nine stanzas. Based on the references of Eastern and Western literary theory for the meaning of the poem, qualitative nature has been studied by careful reading on the basis of text analysis method. The focus of the study is to analyze the seriousness of the words used in the poem and the sentiments of the human mind on the basis of the humanist poetic beauty by making the problem related to humanist thinking presented in the poem an original academic problem. In today's age, the reality that human beings cannot be freed from selfishness and greed, the demonic tendencies in the society and the situation where they have to become hateful from proud self-respect, has been explained on the basis of humanistic point of view. It has analyzed the equality between humans and the humanistic approach to human life, philosophy and the role of humans in building a civilized society. In this article, which uses library reference material, the main objective is to identify the humanistic poetic beauty. By giving a symbolic expression to the emotional content arising from the trauma of the contemporary human life, it is concluded that the humanist poetic aesthetic is expressed based on the figurative expression expressed in the poem 'Bhikhari'.}

Downloads

Download data is not yet available.
Abstract
37
PDF
24

Downloads

Published

2024-07-09

How to Cite

तुल्सीराम Tulshiram पोख्रेल Pokharel. (2024). ’भिखारी’ कवितामा मानवतावाद{ Humanism in ’The Beggar’ Poem}. Pragyan, 8(1), 82–90. https://doi.org/10.3126/pragyan.v8i1.67678

Issue

Section

Articles