Pragyan https://nepjol.info/index.php/pragyan
Pragyan is published by the Faculty of Nepali, Tribhuvan Multiple Campus, Tansen, Palpa, Nepal. It aims to cover articles related to teaching and learning of Nepali Literature and Criticism.
en-US damodarnepal4@gmail.com (Damodar Nepal) sioux.cumming@ubiquitypress.com (Sioux Cumming) Tue, 13 Jun 2023 00:00:00 +0000 OJS 3.3.0.6 http://blogs.law.harvard.edu/tech/rss 60 साइबर सिद्धान्तका आधारमा ‘आमालाई इमेल’ कविताको विश्लेषण {An Analysis of the Poem 'Aamalai Email' Based on Cyber Theory} https://nepjol.info/index.php/pragyan/article/view/55132
प्रस्तुत समालोचनात्मक लेख आमालाई इमेल कविताको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कविता रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ कवितासब्ग्रहमा समाविष्ट छ । प्रस्तुत सब्ग्रहमा समाविष्ट चउन्नवटा कवितामध्येको आमालाई इमेल कविता तेह्रौँ क्रममा समाविष्ट छ । विषयगत रूपमा विविधता रहेका प्रस्तुत सब्ग्रहका कविताहरूमध्ये यस कविताले वर्तमान समयमा निकै महत्त्वपूर्ण मानिएको साइबर जगतलाई विषय बनाएको पाइन्छ । साइबर जगतको प्रभाव साहित्यमा पर्न थालेपछि त्यससम्बन्धी अध्ययन गर्न साइबर समालोचनाको विकास भएको देखिन्छ । यसले साइबर साहित्यको अध्ययन गर्छ । प्रस्तुत अनुसन्धेय लेखमा आमालाई इमेल कविता उत्तरआधुनिक बहुलवादी समालोचनाअन्तर्गतको साइबर समालोचनाका दृष्टिले कस्तो छ ? भन्ने मुख्य शोध्य समस्यामूलक प्रश्नमा केन्द्रित रही अध्ययनलाई अगाडि बढाइएको छ । साइबर समालोचनाका दृष्टिबाट विश्लेषण गरी मूल्य निरूपण गर्ने उद्देश्य राखिएको प्रस्तुत लेखमा पहिचानात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत आमालाई इमेल कविता उत्तरआधुनिक साइबर साहित्यका दृष्टिले सबल रहेको निष्कर्ष निकालिएको छ ।

{The presented critical article focuses on the analysis of the poem Email to Mother. The poem presented by Ramesh Gautam is included in the collection of poems The fire of the pyre is really hot. Among the fourteen poems included in the presented collection, the email poem to the mother is included in the thirteenth order. Among the poems in the presented collection, which are diverse in terms of subject matter, this poem deals with the cyber world, which is considered very important nowadays. It seems that cyber criticism has been developed to study the impact of the cyber world on the literature. It studies cyber literature. How is the email poem to mother in the presented research article from the point of view of cyber criticism under postmodern pluralistic criticism? The study has been carried forward by focusing on the main solvable problematic question. In this article, which aims to analyze and value from the point of view of cyber criticism, it has been concluded that the email poem presented to the mother is strong from the point of view of postmodern cyber literature.}
टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55132 Tue, 13 Jun 2023 00:00:00 +0000 भोलि के हुन्छ ? नाट्यकृतिमा नाटकीयता {Dramaturgy in the Play What Happens Tomorrow?} https://nepjol.info/index.php/pragyan/article/view/55152
भोलि के हुन्छ ? नाट्यकृतिको नाटकीयता शीर्षकको प्रस्तुत लेखमा विजय मल्लको भोलि के हुन्छ ? नाट्यकृतिमा नाटकीय स्थितिको खोजअन्वेषण गरिएको छ । नाटककारले शब्दमा अभिव्यक्त भावसंवेदनाहरू नटनटीका अभिनय कलामा रूपायित भई नाट्यकृतिगत श्रव्यदृश्य परिणति प्राप्त गर्न सक्ने गुणवैभवको उपलब्धता नाटक हुनुको आधारभूत शर्त हुँदै हो; भित्रभित्र रुचि, प्रवृत्ति, स्वभाव, संस्कार, उमेर, अवस्था तथा मनस्थिति भएका बहुविध प्रधारका दर्शकको चपल मनलाई एउटै भावधारामा बाँधेर राख्न सक्ने, दर्शकको संवेगात्मक जीवनलाई उद्वेलित गर्न सक्ने, नाट्यावलोकन गर्न व्यग्र बनाइराख्ने र दर्शकको भावचेतनालाई परितोष प्रदान गर्न सक्ने गुणसम्पदाको उद्भावना नाटककारको रचनाकर्मले नाटकको महिमा सिद्ध गर्ने सर्वाधिक महत्त्वपूर्ण शर्त हो भत्रे मान्यताका आधारमा विजय मल्लको भोलि के हुन्छ ? नाट्यकृतिको विश्लेषण गरिएको छ । प्रस्तुत नाट्यकृतिमा आफैँ पनि अभिनय कला, रङ्गमञ्चीय परिस्थितिको तथा नाट्यप्रभावका स्थितिहरूको ज्ञान र अनुभव सँगालेका मल्लमा आफ्नो रचना रङ्गकर्मीका कलात्मक कलाकर्ममा रूपायित भई दर्शकसमक्ष प्रस्तुत हुँदाका अवसरमा दर्शकको संवेगात्मक जीवनलाई झब्कृत तुल्याउन सकोस् र नाटकको महिमा उपार्जन गरोस् भन्ने शैल्पिक चेतना प्रचुर मात्रामा परिलक्ष्यित हुन्छ । यही त्यही ज्ञान, अनुभव र चेतना उनको प्रस्तुत नाट्यकृति रचना गर्ने शिल्पसूत्र बनेको देखिन्छ र त्यो शिल्पसूत्रको प्रतिफलन नाटकीय गुणसम्पदाहरूको उद्भावनामा भएको छ । फलतः उनको प्रस्तुत नाट्यरचनाले श्रव्यदृश्यकाव्यको महिमा सिद्ध गरेको छ भत्रे यस अध्ययनको निष्कर्ष हो ।

{This research paper entitled "Dramaturgy in the Play What Happens Tomorrow?" Critically analyses dramatic situation of the play What Happens Tomorrow? Written by Vijay Malla. This paper analyses the play What Happens Tomorrow? by Vijaya Malla based on the belief that the dramatist can transform the emotions expressed in words into dramatic acting art and achieve dramatic audio-visual results. He can bind the agile mind of the audience of multiple types having different interest, nature, customs, age, circumstances and mentality in one mood, can arouse the emotional life of the audience, keep them interested in watching the drama, believe that the emotional awareness of the audience is an important condition. In the presented play, Malla, who has gathered knowledge and experience of acting art, theater situation, and the situations of theatrical effect, has abundantly reflected the artistic consciousness of making his creations into the artistic works of the actors and presenting them to the audience. He has shaken the emotional life of the audience and achieved the glory of the play. This knowledge, experience and consciousness seems to have become the craft formula for creating his presented drama and the reflection of that craft formula has been in the creation of dramatic qualities. As a result, the conclusion of this study is that his presented drama has achieved the glory of audio-visual poetry.}
गोपालप्रसाद Gopalprasad गैरे Gaire Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55152 Tue, 13 Jun 2023 00:00:00 +0000 भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection} https://nepjol.info/index.php/pragyan/article/view/55153
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रासदीय अवस्थालाई सङ्ग्रहका कविताको विषय बनाइएको छ । साहित्यका क्षेत्रमा उत्तरआधुनिकताभित्र विकास भएको एउटा महत्त्वपूर्ण सिद्धान्त अभिघात चेतना हो । नेपाली कविताको समकालीन धाराको उत्तराद्र्ध चरणमा सशक्त कविता लेख्ने गोविन्दराज भट्टराईले नेपाली वाब्मयका विविध क्षेत्रमा कलम चलाएका छन् । पाश्चात्य दर्शन र चिन्तनलाई नेपाली पृष्ठभूमिमा व्याख्या गर्ने अनुकरणीय कार्य पनि भट्टराईले गरेका छन् । सिर्जना, समालोचनाका साथै दर्शन र अन्य विषयमा पनि यिनको कलम निरन्तर रूपमा चलेको छ । यिनका कवितामा मानवीय संवेदना र जीवनवादी स्वर सघन रूपमा मुखरित भएको पाइन्छ । जीवनका अभिघातजन्य पीडाहरूलाई नजिकैबाट छामेर प्रस्तुत गर्ने हुनाले पनि यिनका कविताहरू मार्मिक रहेका छन् । यस लेखमा अभिघात सिद्धान्तका सापेक्षमा भट्टराईको भूकम्प प्रार्थना (२०७७) कवितासङ्ग्रहभित्रका कविताहरूको अध्ययन र विश्लेषण गरिएको छ । यस सङ्ग्रहभित्रका कुल अठारवटा कवितामध्ये अधिकांश कवितामा भूकम्पको प्रहारबाट प्रताडित बनेको मानिसको निरीह अवस्थाको चित्रण गरिएको छ । यस अनुसन्धानमूलक लेखमा अभिघातपरक समालोचकीय मान्यताको सैद्धान्तिक स्वरूपलाई प्रस्तुत गरी त्यसैका आधारमा गोविन्दराज भट्टराईको भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघातको अवस्थाको के कस्तो रहेको छ भन्ने समस्यामा केन्द्रित रहेर यो लेख तयार पारिएको छ । विश्लेषणात्मक विधिको प्रयोग गरी कविताभित्र व्यक्त भएको अभिघातजन्य अवस्थाको खोजी र विश्लेषण गरी कुन रूपमा अभिघातको सिर्जना भएको छ भन्ने कुराको निष्कर्ष निकालिएको छ ।

{In the presented article, the work of poet Govindaraj Bhattarai has been done to shed light on the situation of trauma contained in the poems within the poetry collection 'Bhukamp Parthana'. The tragic situation created by the earthquake of 2072 has been made the subject of poems in the collection. In the field of literature, an important theory developed within postmodernism is traumatic consciousness. Govindraj Bhattarai, who wrote powerful poetry in the latter half of the contemporary stream of Nepali poetry, has penned his pen in various fields of Nepali literature. Bhattarai has also done an exemplary job of explaining Western philosophy and thought in Nepali background. Along with creation, criticism, philosophy and other subjects, his pen has been continuously written. In his poetry, human sensibility and vitalist voice are expressed intensively. His poems are poignant because they depict the traumatic pains of life from close quarters. In this article, the poems in Bhattarai's collection of poems "Earthquake Prayer" (2077) have been studied and analyzed in relation to the theory of trauma. Out of the total eighteen poems in this collection, most of the poems depict the innocent condition of the people who are tormented by the earthquake. In this research article, presenting the theoretical form of critical recognition of trauma, based on that, this article has been prepared focusing on the problem of what is the state of trauma in Govindaraj Bhattarai's earthquake prayer poetry collection. Using the analytical method, the traumatic situation expressed in the poem has been searched and analyzed, and the conclusion has been drawn as to how the trauma has been created.}
टंकप्रसाद Tankaprasad पन्थ Panth Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55153 Tue, 13 Jun 2023 00:00:00 +0000 ‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'} https://nepjol.info/index.php/pragyan/article/view/55154
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत कथा परम्परागत संस्कृतिका नाममा चलिआएको कुसंस्कारका कारण नारी जातिले भोग्नुपरेका अनेक पीडा, दुःख शारीरिक तथा मानसिक यातनामा आधारित रहेको छ । मानवीय संवेदनालाई छुने प्रस्तुत कथा हृदयविदारक रहेकोले पाठकमा करुणाजन्य भावको उदय गर्न प्रस्तुत कथा सक्षम देखिन्छ । करुणाजन्य अवस्थाको अध्ययन गर्ने सिद्धान्तलाई करुण रस भनिन्छ जो संस्कृत साहित्यमा विकसित नवरसमध्येको एक हो । यस लेखमा नवरसमध्ये करुणरसको सैद्धान्तिक पर्याधारलाई र त्यसका उपकरणहरूलाई सिद्धान्तका रूपमा प्रस्तुत गरी त्यसैका आधारमा निर्दिष्ट कथाको विश्लेषण प्रस्तुत गरिएको छ । यस क्रममा भेटिएकी देवी कथामा करुण रसको निस्पत्ति कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत कथालाई करुण रसको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरी कथाको मूल्य निरूपण गरिएको छ । अध्ययनलाई सम्पन्न गर्न पहिचानात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरी प्रस्तुत कथा करुण रसको प्रस्तुतिका दृष्टिले प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

{The present research article is focused on the analysis of the 'Bhetiyeki Devi' story. The presented story is a story in the seventh order among the tweleth stories included in the Baama work of Ramlal Joshi. The presented story is based on the many pains, sufferings and physical and mental tortures that the women had to suffer due to the evil practices carried out in the name of traditional culture. Since the presented story is heartbreaking and touches human feelings, the presented story seems to be able to evoke compassionate feelings in the reader. The principle of studying the state of compassion is called Karuna Rasa which is one of the Nava Rasa developed in Sanskrit literature. In this article, the theoretical framework of Karuna Rasa and its tools are presented as principles and the analysis of a specific story is presented based on that. How has the fate of Karuna Rasa been in the story of the Bhetieki Devi in this process? Focusing on the main problematic question, the presented story has been analyzed in relation to the theoretical framework of Karun Rasa and the value of the story has been determined. In order to complete the study, it has been concluded that the presented story is effective from the point of view of the presentation of Karun Ras using the identification and analytical method.}
शंकरप्रसाद Shankarprasad गैरे Gaire Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55154 Tue, 13 Jun 2023 00:00:00 +0000 विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry} https://nepjol.info/index.php/pragyan/article/view/55155
माधवप्रसाद घिमिरेको विश्वबन्धु कविता विश्वमा भइरहेको खिचातानी र मारामारको होडबाजीबाट माथि उठेर सम्पूर्ण विश्वभरिका मानिसमा सहभ्रातृत्वको सम्बन्ध कायम गरी मानवतावादी चेतनाको प्रसार गर्नुपर्ने भावनालाई मूल सन्दर्भ बनाई रचना गरिएको हो । यस कवितामा भ्रातृत्व र विश्वबन्धुत्व, लोककल्याण र शान्ति, मानव जीवन र प्रकृतिबिच सहअस्तित्व, स्वतन्त्रता र एकता जस्ता मानवतावादी चिन्तनको अवधारणालाई उपयोग गरिएको छ । यस कवितामा मानिसमा रहेका वैरभाव, कलुषता जस्ता निकृष्ट भावलाई बिर्सेर विश्वका सबै मानिसलाई बन्धुबान्धव ठान्नुपर्ने, आणविक शस्त्र–अस्त्रका कारण उत्पन्न विनाशमयी सन्त्रासपूर्ण जीवन जिउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, प्रकृतिको अस्तित्व असुरक्षित हुनु नै मानव जातिको मूल कारण भएकाले धर्तीको वातावरण स्वच्छ हुनुपर्ने र विश्वका मानिसहरूले स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्ने अवस्थाको सृजना हुनुपर्ने जस्ता मानवतावादसँग सम्बन्धित विचारहरु अभिव्यक्त भएका छन् । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा मानवतावादी अवधारणालाई सैद्धान्तिक आधारका रूपमा अवलम्बन गरी कवितामा प्रस्तुत मानवतावादी चिन्तनको खोजी गर्ने काम यस लेखमा गरिएको छ ।

{Madhav Prasad Ghimire's Vishwabandhu poem has been composed with the main context of the spirit of spreading humanist consciousness by maintaining a relationship of brotherhood among the people all over the world. In this poem, the concepts of humanistic thinking such as brotherhood and universal brotherhood, public welfare and peace, coexistence between human life and nature, freedom and unity have been used. In this poem, ideas related to humanism have been expressed, such as forgetting the bad feelings of malice and malice in human beings, considering all the people of the world as brothers, ending the situation of living a life of destruction caused by nuclear weapons, the existence of nature being insecure, the environment of the earth should be clean and the people of the world should create a situation for expressing their views freely. The data required in this article is taken from primary and secondary sources. This article explores the humanistic thinking presented in the poem by using the data of primary and secondary sources and adopting the humanistic concept as a theoretical basis.}
शालिकराम Shalikram पौड्याल Poudyal Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55155 Tue, 13 Jun 2023 00:00:00 +0000 ‘लछमनियाँको गौना’ कथामा सामाजिक समस्या {Social Problems In The Story 'Lachhamanianko Gauna'} https://nepjol.info/index.php/pragyan/article/view/55156
प्रस्तुत लेखमा सनत रेग्मी (सनतकुमार रेग्मी) द्वारा रचित लछमनियाँको गौना कथामा सामाजिक समस्याहरूको निरूपण गरी अध्ययन विश्लेषण गरिएको छ । शोध्यप्रश्नको रूपमा प्रस्तुत गरिएको जिज्ञासाको प्राज्ञिक समाधानका लागि पाश्चात्य साहित्य सिद्धान्तमा देखा परेर विकसित हुँदै आएको यथार्थवादसम्बन्धी अवधारणाको आधार लिइएको छ । कृतिको अर्थापनका लागि स्थापित सिद्धान्तका आधारमा सघन पाठविश्लेषण विधिअनुसार सूक्ष्म पठन गरी सन्दर्भपरक अध्ययन गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । विवेच्य कथामा प्रस्तुत सामाजिक यथार्थवादसम्बन्धी समस्याका विषयलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्न कृतिमा बालविवाह, पारिवारिक समस्या, यौनमनोवैज्ञानिक समस्या, अन्धविश्वासजन्य समस्या, क्षेत्रीय र सम्पत्तिको प्रलोभनले निम्त्याएका समस्या, लैङ्गिक समस्या, अन्तर्देशीय वैवाहिक सम्बन्धले निम्त्याएका समस्या, अशिक्षा र भ्रमबाट सिर्जित समस्या, छिमेकीबाट हुने समस्या जस्ता सामाजिक यथार्थवादसम्बन्धी विविध समस्याका आधारमा मात्र अध्ययन गरिएको छ । नेपालको मधेसी समाजमा सानैमा बिहे गरिदिने र केटी ठुली भएपछि गौना गरेर केटाको घरमा पठाउने कुप्रचलनको सिकार भएका तमाम चेलीहरूको प्रतिनिधित्व प्रस्तुत कथाकी लछमनियाँले गरेकी छ । लछमनियाँ बुद्धू तेली र उसकी दृष्टिविहीन श्रीमतीकी एक्ली सन्तान भएकीले छोरीबिना घरै नचल्ने भएपछि बुद्धूले उसलाई गौना गरेर पठाउनुभन्दा घरज्वाइँ राखेर उसैलाई बुढेसकालको सहारा बनाउन चाहेको र ज्वाइँले पनि घरज्वाइँ बस्नुभन्दा त्यो सम्बन्ध नै तोडेर अर्की बिहे गर्न खोजेको कुराको सब्केत कथामा गरिएको छ । बाबु र लोग्नेका आ–आफ्नै अडानको मारमा परेकी लछमनियाँ जवान भइसक्दा पनि घरबार बिग्रला कि भन्ने त्रासमा लोग्ने लिन आएको सपना देख्दै माइत बस्न विवश भएकी छ र अन्त्यमा लोग्ने भेट्न आकुलव्याकुल भएकी लछमनियाँलाई अर्को एउटा बेइमान छट्टुले झुक्याएर लगेको कारुणिक कथा प्रस्तुत गरेर सामाजिक दुरावस्थास्थालाई देखाइएकाले प्रस्तुत कथालाई सामाजिक समस्याका कोणबाट अध्ययन गर्न सकिने निष्कर्ष प्राप्त भएको छ ।

{In the present article, social problems are depicted and analyzed in Lachhamaniya's Gouna Katha written by Sanat Kumar Regmi. For the academic solution of the questions presented as a research question, the basis of the concept of realism, which has appeared in the Western literary theory and has been developed, has been taken. Based on the principles established for the interpretation of the work, the presented study is of a qualitative nature, as the detailed reading and contextual studies were done according to the intensive textual analysis method. The problem of social realism presented in the critical story is made into a basic academic problem and to find a solution to it. It has been studied only on the basis of various problems related to social realism such as problems. In the Madhesi society of Nepal, Lachhamaniya represented all the girls who were victims of the bad practice of marrying off at a young age and sending the girl to a boy's house after she grows up. Lachhamaniya is the only child of Buddhu Teli and his blind wife, and since she cannot live without a daughter, Buddhu wants to support her in her old age by having a son-in-law instead of sending her away, and the son-in-law also tries to break the relationship and get another marriage instead of living as a son-in-law. Lachhamaniya, who is beaten by her father and her husband's own attitude, even though she is young, she is forced to live with her husband, dreaming that her husband will come to take her, even though she is young. A conclusion that can be studied from the angle of social problems has been obtained.}
शारदा Sharada खनाल Khanal Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55156 Tue, 13 Jun 2023 00:00:00 +0000 ‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing} https://nepjol.info/index.php/pragyan/article/view/55157
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय नेपाली जीवनका संघर्ष र यथार्थलाई कथामा देखाउने आयामेली कथाकार राईको खीर कथालाई आयामेली साहित्यिक आन्दोलनका चिन्तन र मान्यताबाट यहाँ विश्लेषण गरिएको छ । नेपाली साहित्यमा देखिएका विभिन्न आन्दोलनमध्ये आयामेली आन्दोलन एक चर्चित र महत्वपूर्ण साहित्यिक आन्दोन हो । यही आयामेली आन्दोलनले स्थापित गरेको साहित्यिक मान्यता वा लेखनलाई आयामेली साहित्य वा लेखन भनिन्छ । आयामेली स्रष्टा राईको खीर कथामा आयामेली चिन्तन र लेखनको कसरी प्रयोग गरिएको छ ? भन्ने मूल प्रश्न वा समस्यामा केन्द्रित भई आयामेली साहित्यिक मान्यताका सापेक्षतामा खीर कथाको अध्ययन विश्लेषण यस लेखमा गरिएको छ । जीवनलाई सम्पूर्णतामा हेर्ने नवीन दृष्टिकोण आयामेली दृष्टिकोण हो । यसले जीवनको गहिराइ अर्थात् तेस्रो आयामलाई चिनाउने काम गरेको हुन्छ । खीर कथामा खीर प्रसङ्गबाट जीवन ज्यामीले पकाएको खीरजस्तै छ भन्ने निष्कर्ष आयामिक मान्यताका आधारमा निकालिएको छ ।

{The present research article focuses on the analysis of Indra Bahadur Rai's Kheer story. The present story is collected in Rai's Kathastha story collection. The author of the story, which shows the struggle and reality of the lower-class Nepali life of Darjeeling Serofero and it has been analyzed from the thinking and recognition of the literary movement here. Among the various movements seen in Nepali literature, Dimeneli movement is a well-known and important literary movement. The literary belief or writing established by this dimensional movement is called dimensional literature or writing. How dimensional thinking and writing used in the kheer story of the dimensional creator Rai was focused on the original question or problem, the study and analysis of Kheer Katha has been done in this article in relation to dimensional literary standards. A new approach to looking at life as a whole is a dimensional approach. It has worked to identify the depth of life, i.e. the third dimension. In Kheer Katha, from the context of kheer, the conclusion that life is like kheer cooked by Jamie has been drawn based on dimensional assumptions.}
पुस्कर Puskar आचार्य Acharya Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55157 Tue, 13 Jun 2023 00:00:00 +0000 ‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'} https://nepjol.info/index.php/pragyan/article/view/55158
प्रस्तुत लेख नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यको आरम्भमा समाविष्ट 'अग्नि प्रवेश’ शीर्षकको कविताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत कविता मानवतावादको सैद्धान्तिक दृष्टिकोणले विशेष महत्त्वको रहेको छ । अतः प्रस्तुत अनुसन्धानमूलक लेखमा मानवतावादको सैद्धान्तिक पर्याधार प्रस्तुत गरी सोही सिद्धान्तका सापेक्षमा यस कविताको विश्लेषण गरिएको छ । अग्नि प्रवेश कवितामा मानवतावादको कस्तो अभिव्यक्ति पाइन्छ ? भन्ने मुख्य प्राज्ञिक समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत कवितामा प्रयुक्त विचारलाई मानवतावादको सैद्धान्तिक पर्याधारका दृष्टिले मूल्य निरूपण गर्ने कार्य प्रस्तुत शोध्य लेखमा गरिएको छ । मुख्य विश्लेषष्य सामग्रीका रूपमा अग्नि महाकाव्यको आरम्भमा समाविष्ट अग्नि प्रवेश लाई चयन गरिएको प्रस्तुत लेखलाई सम्पन्न गर्न पुस्तकालयको प्रयोग गरी सैद्धान्तिक पर्याधार तयार पारिनुका साथै प्राप्त सन्दर्भहरूका आधारमा कविताको विश्लेषण गरी प्रस्तुत कविता मानवतावादको भाव अभिव्यक्तिका दृष्टिले सबल रहेको निष्कर्ष निकालिएको छ ।

{The presented article is based on the analysis of the poem titled 'Agni Pravesh' written at the beginning of Agni Mahakavya written by Navraj Lamsal. The presented poem is of special importance from the theoretical point of view of humanism. Therefore, in this research article, the theoretical framework of humanism has been presented and this poem has been analyzed in relation to the same theory. What expression of humanism is found in Agni Pravesh poem? Focusing on the main academic problematic question, the idea used in the presented poem has been done in the present article to determine the value of the idea from the perspective of the theoretical framework of humanism. As the main analysis material, Agni Pravesh included in the beginning of Agni epic was selected to complete the presented article, theoretical framework was prepared using the library, and based on the references obtained, the poem was analyzed and it was concluded that the presented poem is capable of expressing the feeling of humanism.}
कमलादेवी Kamaladevi न्यौपाने Nyaupane Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55158 Tue, 13 Jun 2023 00:00:00 +0000 ‘हामी’ कवितामा ध्वनि सौन्दर्य {Sound Beauty in the Poem 'Hami'} https://nepjol.info/index.php/pragyan/article/view/55159
प्रस्तुत अनुसन्धानात्मक लेख कवि भूपी शेरचनद्वारा रचित 'हामी’ गद्य कविताभित्र प्रयुक्त ध्वनि सौन्दर्यको पहिचान र विश्लेषणमा केन्द्रित रहेको छ । छ अनुच्छेद र १६० पब्क्तिमा संरचित हामी कवितालाई आनन्दवर्धनको ध्वनि सिद्घान्तका आधारमा केलाउनु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । पूर्वीय साहित्य सिद्घान्तमा आधारित भएर यो अध्ययनलाई वाच्यार्थ र व्यब्ग्यार्थको कोणबाट विश्लेषण गरिएको छ । कवितामा प्रयुक्त भनाइको गाम्भीर्य र ध्वनिको सुगठनलाई उक्तिवैचित्र्यका आधारमा अध्ययनको केन्द्रबिन्दु बनाइएको छ । आजको युगमा हामी उपनिवेशवादका बाछिटाबाट मुक्त हुन नसकेको यथार्थता, विश्वसमाजमा हाम्रो दुर्दशा र गर्विलो स्वाभिमानबाट स्खलित हुँदै घृणित बन्नु परेको अवस्थालाई यस अध्ययनमा ध्वनि सौन्दर्यको व्यब्ग्यार्थ भावका आधारमा केलाइएको छ । यसमा शब्द सौन्दर्य र अर्थगत आधारलाई विश्लेषण गरिएको छ । पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोग गरिएको यस लेखमा विशेष गरेर हामी कवितामा प्रयुक्त ध्वनि सौन्दर्यको पहिचान गर्नुलाई मुल उद्देश्य बनाइएको छ । समसामयिक विषयवस्तुलाई प्रतीकात्मक अभिव्यक्ति दिँदै प्रस्तुत कवितामा बिम्बात्मक भाव तथा व्यञ्जनात्मक ध्वनि सौन्दर्यचेत प्रतिध्वनित रहेको निष्कर्ष निकालिएको छ ।

{The presented research article is focused on the identification and analysis of sound beauty used in the prose poem 'Hami' written by poet Bhupi Sherchan. The main purpose of this study is to analyze the Bham poem, which is structured in six paragraphs and 160 lines, based on Anandavardhan's sound theory.Based on the Eastern literature theory, this study has been analyzed from the perspective of rhetoric and satire. The seriousness of the words used in the poem and the structure of the sound have been made the focus of the study based on the idioms. In today's era, the reality that we have not been freed from the colonialism, our plight in the world society and the situation where we have to become abominable from our proud self-respect, has been discussed in this study based on the satirical sense of sound beauty. In this, the word beauty and semantic basis are analyzed. In this article, which uses library reference materials, the main objective is to identify the sound beauty used in poetry. Giving symbolic expression to the contemporary theme, it is concluded that the symbolic expression and consonant sounds resonate aesthetically in the presented poem.}
तुल्सीराम Tulsiram पोख्रेल Pokhrel Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55159 Tue, 13 Jun 2023 00:00:00 +0000 शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary} https://nepjol.info/index.php/pragyan/article/view/55160
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान हुनु र विद्यार्थीहरूमा शब्दार्थको बोध गराउनु अत्यावश्यक रहेको हुन्छ । विद्यार्थीहरूको नेपाली भाषाप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन र प्रभावकारी शिक्षण गर्नका लागि शब्दार्थ शिक्षण गराउनु पर्दछ । विधागत पाठलाई चिरस्थायी बनाउन र शब्दभण्डार क्षमताको विकास गराउनु शब्दार्थ शिक्षणको मूल उद्देश्य हो । शब्दार्थ शिक्षणमा देखिएका सन्दर्भहरूको पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । शब्दार्थ शिक्षण गर्दा विभिन्न विधिहरूको प्रयोगबाट शिक्षण सिकाइमा आएको सुधारको विश्लेषण गरी निष्कर्षमा पुग्नु यस अध्ययनको मूल उद्देश्य रहेको छ । शब्दार्थ शिक्षणमा प्रयोग गरिने विधिहरूका आधारमा विश्लेषण गरिएकाले यस लेखमा सैद्घान्तिक विधिको उपयोग गरिएको छ भने कक्षा ९ मा नेपाली भाषा शिक्षकले शिक्षण सिकाइ गर्दा गरिएको कक्षा अवलोकन र विद्यार्थीसँग गरिएको प्रश्नोत्तरलाई आधार मानी निष्कर्ष निकालिएकाले प्रयोगात्मक विधिको पनि उपयोग गरिएको छ । शब्दार्थ शिक्षणमा केकस्ता समस्याहरू देखिन्छन् भन्ने समस्यामा केन्द्रित रही विद्यालय तहमा शब्दार्थ शिक्षण गर्दा अवलम्बन गर्न सकिने विधिहरू र शब्दार्थ शिक्षणका विधिहरूले शिक्षणमा आएको सुधार पुष्टि गरी निष्कर्ष निकालिएको छ ।

{The present article talks about the techniques and strategies adopted in vocabulary teaching. Nepali language teachers and students must have the skill and knowledge about the words and their meaning in context. To maximize students... learning, vocabulary teaching is very important as students will be positively motivated to learn the lesson. The purpose of vocabulary teaching is to make them learn about the vocabulary and their correct use in their day to day life. The objective of this research is to analyze the improvement seen in students... learning applying different vocabulary teaching techniques. This study is based on class observation and closed ended questionnaire. The findings of the study has been presented on the basis of interpretation and analysis of the data given by the informants.}
चतुर्भुज Chaturbhuj नेपाल Nepal Copyright (c) 2079 https://nepjol.info/index.php/pragyan/article/view/55160 Tue, 13 Jun 2023 00:00:00 +0000