नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}

Authors

  • Ashok अशोक Thapa थापा नेपाली केन्द्रीय विभाग, कीर्तिपुर त्रि.वि. Nepali Central Department Kirtipur TU

DOI:

https://doi.org/10.3126/pragyan.v8i1.67667

Keywords:

डबली double, नाच dance, नाट्यशाला theatre, रङ्गसंस्था drama, लोकनाटक drama

Abstract

प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ । नेपालमा रङ्गसंस्थाको क्रमिक विकासको परम्पराको पनि यहाँ चर्चा गरिएको छ । अनौपचारिक रूपमा विकास भएको नेपाली रङ्गमञ्चीय गतिविधि मुकुन्द इन्दिरा (सं. १९९४) नाटकको मञ्चन भएसँगै आधुनिक कालमा प्रवेश गरेको कुरा यहाँ उल्लेख गरिएको छ । आगमन र निगमन दुवै शोधविधिको प्रयोग गरिएको यस लेखमा नेपाली रङ्गमञ्च सम्बद्ध संस्थाको सर्वेक्षण गरिएको छ । सामग्रीसङ्कलनका लागि पुस्तकालय कार्यलाई मूल आधार मानिएको यस लेखमा विषयसम्बद्ध भएर अतीतमा भएगरेका पूर्वकार्यको अवलोकन र समीक्षा पनि गरिएको छ । प्रस्तुत लेखमा नेपालमा रहेका रङ्गसंस्थाको सर्वेक्षण गरी तिनीहरूको अवस्था र नेपाली रङ्गमञ्चमा त्यसको उपादेयता अनि प्राप्तिका विषयमा पनि चर्चा गरिएको छ । यस लेखमा नेपाली रङ्गमञ्चको इतिहासको सङ्क्षिप्त अनुरेखाङ्कन गरिएकाले रङ्गक्षेत्रको अध्ययन गर्न चाहने अनुसन्धातालाई भविष्यमा एक प्रभावकारी स्रोतसामग्री हुने निर्क्यौल निकालिएको छ । मुकुन्द इन्दिराको मञ्चनपछि नेपाली रङ्गमञ्चमा आधुनिकताको स्थापना भएको कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चीय संस्थाको स्थापना चालीसको दशकपछि अधिक भएको छ भन्ने निचोड निकालिएको छ । यसैगरी प्रस्तुत लेखमा नेपाली रङ्गमञ्चमा हिजोदेखि आजसम्म मञ्चित नाटकको स्थिति र ती नाटकका प्रवृत्तिको विवेचना गरिएको छ । प्रस्तुत लेखमा नेपाली रङ्गमञ्चको इतिहासमा रङ्गसंस्थाको स्थापना र विकास हुने क्रम वृद्धि हुँदै गएको निचोड निकालिएको छ ।

(In the presented article, it has been mentioned that the special place where the drama is staged is called Rangamancha, along with the development of Rangamancha in Nepal, the development of organizations related to Rangamancha has been given.

The tradition of gradual development of color organization in Nepal is also discussed here. It is mentioned here that the informally developed Nepali theater activity entered the modern period with the staging of the play Mukund Indira (ed. 1994). In this article, which uses both arrival and incorporation research methods, a survey of Nepali Ranga Mancha related organizations has been conducted. In this article, which considers the library work as the basic basis for the collection of materials, the previous work done in the past has been observed and reviewed in connection with the subject. In the present article, a survey of theater institutions in Nepal has been conducted and their condition and their applicability and success in the Nepali theater stage have also been discussed. In this article, as the history of Nepali theater is briefly outlined, it is expected to be an effective resource for researchers who want to study the theater. After the staging of Mukund Indira, modernity was established in the Nepali stage, and it has been concluded that the establishment of theater institutions in Nepal has increased after the forties. Similarly, Nepali in the presented article

The status of dramas staged on the stage from yesterday to today and the trends of those dramas have been discussed. In the presented article, the establishment and development of theater organizations in the history of Nepali theater has been summarized.}

Downloads

Download data is not yet available.
Abstract
40
PDF
25

Downloads

Published

2024-07-09

How to Cite

Ashok अशोक Thapa थापा. (2024). नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}. Pragyan, 8(1), 54–68. https://doi.org/10.3126/pragyan.v8i1.67667

Issue

Section

Articles