आदिवासी उपन्यासमा भयवाद {Horror in the tribal novel}

Authors

  • सुभाषचन्द्र SubashChandra न्यौपाने Neupane महेन्द्र बहुमुखी क्याम्पस, सुनसरी, त्रि.वि Mahendra Multiple Campus, Sunsari, T.U.

DOI:

https://doi.org/10.3126/pragyan.v8i1.67665

Keywords:

चेतना Consciousness, जीवनसञ्चालन lifestyle, , भयवाद fear, मानसिकता mentality, संवेग samveg

Abstract

प्रस्तुत अध्ययनमा उपन्यासकार देश सुब्बाको आदिवासी उपन्यासलाई भयवादका कोणबाट विश्लेषण गरिएको छ । सुब्बाको २०६४ सालमा प्रकाशित प्रस्तुत उपन्यासमा केकस्तो भयवादी चेतनाको अभिव्यक्ति भएको छ र उपन्यासका प्रमुख पात्रहरूमा केकस्तो भयगत अवस्था देखिन्छ भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार देश सुब्बाको आदिवासी उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा भयवादसँग सम्बन्धित लेख, पुस्तक तथा शोधग्रन्थहरूका साथै आदिवासी उपन्यासका सन्दर्भमा प्रकाश पारी लेखिएका सामग्रीहरूको उपयोग गरिएको छ । यी सबै सामग्रीहरू पुस्तकालयीय सामग्री भएकाले यिनै पुस्तकालयीय सामग्रीहरूको प्रयोग गरी प्रस्तुत लेख तयार पारिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा आदिवासी उपन्यासको सूक्ष्मपठन विधिमार्फत अध्ययन गरी वर्णनात्मक र व्याख्यात्मक विधिको प्रयोगद्वारा यस लेखलाई पूर्णता दिइएको छ । भयवादी चेतनाको सशक्त प्रयोगका कारण यो कृति पूर्ण रूपमा भयमा आधारित छ र यस कृतिको भय भनेको चेतनाको भय हो । सोही आधारमा आदिवासी भयवादमा आधारित पूर्ण भयवादी उपन्यास हो भन्ने निष्कर्ष प्रस्तुत लेखबाट निकालिएको छ ।

{In the presented study, novelist Desh Subba's tribal novel has been analyzed from the perspective of horror. In this article, what kind of fearful consciousness has been expressed in Subba's novel published in 2064 and what kind of fearful condition is seen in the main characters of the novel has been analyzed in this article. During the preparation of the presented article, the tribal novel of the novelist Desh Subba has been taken as the primary material, while as the secondary material, articles, books and research papers related to fear-mongering, as well as the published materials regarding the tribal novel have been used. Since all these materials are library materials, the presented article has been prepared using these library materials. During content analysis, this article has been completed by using descriptive and explanatory methods, based on the principles established according to the inductive method, studying the tribal novel through micro-reading method. Due to the powerful use of fear consciousness, this work is completely based on fear and the fear of this work is the fear of consciousness. Based on this, the conclusion that it is a complete horror novel based on tribal horror is drawn from the presented article.}

Downloads

Download data is not yet available.
Abstract
44
PDF
23

Downloads

Published

2024-07-09

How to Cite

सुभाषचन्द्र SubashChandra न्यौपाने Neupane. (2024). आदिवासी उपन्यासमा भयवाद {Horror in the tribal novel}. Pragyan, 8(1), 44–53. https://doi.org/10.3126/pragyan.v8i1.67665

Issue

Section

Articles