'छिमेकी' कथामा आदर्शोन्मुख यथार्थवाद {Idealistic realism in the story of 'Neighbourhood'}

Authors

  • एकनारायण Eknarayan पौड्याल Paudyal बीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर त्रि.वि Birendra Multiple Campus, Bharatpur, T.U.

DOI:

https://doi.org/10.3126/pragyan.v8i1.67658

Keywords:

आदर्शोन्मुख idealism, छिमेकी neighborhood, नासो naso, यथार्थवाद realism, स्वच्छन्दतावाद realism

Abstract

यस अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा कथाकारका रूपमा परिचित गुरुप्रसाद मैनालीद्वारा लिखित छिमेकी कथाको आदर्शोन्मुख यथार्थवादका आधारमा अध्ययन गरिएको छ । प्रस्तुत कथा आदर्शोन्मुख यथार्थवादका दृष्टिले हेर्दा केकस्तो देखिन्छ भन्ने मुख्य समस्या र सोही समस्याको समाधानमा केन्द्रित छ । प्रस्तुत कथा अध्ययनका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरिएको छ । चयनित कथा नासोमा सङ्गृहीत भएका कारण सो कथासङ्ग्रह प्राथमिक सामग्रीका रूपमा रहेको छ भने आदर्शोन्मुख यथार्थवाद र कथाकार गुरुप्रसाद मैनालीका सम्बन्धमा उल्लेख भएका सामग्री द्वितीयक स्रोतसामग्रीका रूपमा रहेका छन् । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक र विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । कथाको अध्ययनपश्चात् प्रस्तुत कथा आदर्शोन्मुख यथार्थवादी मान्यताका आधारमा लेखिएको र यसले तत्कालीन नेपाली समाजको यथार्थ चित्र प्रस्तुत गर्नाका अतिरिक्त आदर्शवादी सन्देश दिएको ठहर गरिएको छ । सारतः विश्लेषित कथामा खासगरी पहाडिया ग्रामीण समाजको यथातथ्य चित्रण पाइनाका साथै सामाजिक यथार्थलाई आदर्शीकरण गरी देखाइएकाले कथा आदर्शोन्मुख यथार्थवादी बन्नपुगेको निष्कर्ष निकालिएको छ ।

{In this research article, the neighborhood story written by Guruprasad Mainali, who is known as a storyteller in Nepali literature, is studied based on idealistic realism. The presented story focuses on the main problem of what it looks like from the point of view of idealistic realism and the solution to the same problem. Primary and secondary materials have been used for the study of the presented story. Because the selected stories are collected in Naso, the collection of stories is the primary source material, while the material mentioned in relation to idealistic realism and storyteller Guru Prasad Mainali is the secondary source material. Descriptive and analytical methods have been adopted in this qualitative study. After studying the story, it has been concluded that the story was written on the basis of idealistic realist beliefs and it gave an idealistic message in addition to presenting the real picture of Nepali society at that time. Basically, in the analyzed story, especially the factual depiction of the hilly rural society is found, as well as the social reality is shown in an idealized manner, so it has been concluded that the story has become an idealistic realist.}

Downloads

Download data is not yet available.
Abstract
53
PDF
15

Downloads

Published

2024-07-09

How to Cite

एकनारायण Eknarayan पौड्याल Paudyal. (2024). ’छिमेकी’ कथामा आदर्शोन्मुख यथार्थवाद {Idealistic realism in the story of ’Neighbourhood’}. Pragyan, 8(1), 8–16. https://doi.org/10.3126/pragyan.v8i1.67658

Issue

Section

Articles