'वृक्षरोपण : गाईजात्रा महोत्सव' निबन्धमा व्यङ्ग्य {Satire in the essay 'Vriksharopan: Gaijatra Mahotsava'}

Authors

  • टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि Tribhuvan Multiple Campus, Palpa, T.U.

DOI:

https://doi.org/10.3126/pragyan.v8i1.67656

Keywords:

गाइजात्रा Gaijatra, भष्टाचार corruption, विनाश destruction, व्यञ्जना sarcasm, व्यङ्ग्य sarcasm

Abstract

प्रस्तुत लेख वृक्षरोपण : गाईजात्रा महोत्सव शीर्षकको निबन्धको विश्लेषणमा केन्द्रित रहेको छ । चोलेश्वर शर्माद्वारा लेखिएको यो निबन्ध उनको दोस्रो निबन्धसङ्ग्रह सगरमाथा एक पहाडको नाम होइन निबन्धसङ्ग्रहमा समाविष्ट छ । नेपाली साहित्यमा मूलतः व्यङ्ग्य निबन्धकारको रूपमा परिचय बनाएका शर्माले प्रस्तुत विश्लेष्य निबन्धमा नेपालको वनसम्पदाको विषयवस्तुलाई उठाउँदै पछिल्लो समयमा वैयक्तिक स्वार्थमा विभिन्न निकायले वनको दोहन गर्ने गरेको तर विभिन्न दिवसमा वृक्षरोपणका नाममा हास्यास्पद कार्यक्रमहरू गर्ने गरेकाले त्यस्ता गतिविधिलाई लेखकले गाईजात्रा महोत्सवको संज्ञा दिएको प्रसङ्गका माध्यमबाट निबन्ध व्यङ्ग्यपूर्ण हुन पुगेको तथ्य प्रस्तुत गरिएको छ । निगमनात्मक विधि प्रयोग गरिएको प्रस्तुत लेखमा मुख्य स्रोत सामग्रीका रूपमा शर्माको वृक्षरोपण : गाईजात्रा महोत्सव निबन्धलाई चयन गरिएको छ भने पुस्तकालय स्रोतबाट सामग्री सङ्कलन गरी द्वितीय स्रोतसामग्रीका आधारमा अध्ययनलाई सम्पन्न गरिएको छ । गुणात्मक अध्ययनअन्तर्गत व्याख्यात्मक, विश्लेषणात्मक पद्धतिको प्रयोग गरी लेखलाई निष्कर्षमा पुर्‍याइएको छ । व्यङ्ग्य सिद्धान्तका दृष्टिकोणले निबन्धमा प्रयोग भएका व्यङ्ग्यात्मक पक्षलाई पहिचान गरी तिनको व्यङ्ग्यात्मक महत्त्व र उचाइको विश्लेषण गरी निबन्ध व्यङ्ग्य चेतनाका दृष्टिकोणले सशक्त रहेको निष्कर्ष निरूपण गरिएको छ ।

{The present article is focused on the analysis of the essay entitled Vrikshropan: Gaijatra Mahotsav. This essay written by Choleshwar Sharma is included in his second collection of essays, Everest is not the name of a mountain. Sharma, who originally introduced himself as a satirical essayist in Nepali literature, raised the theme of Nepal's forest resources in his analytical essay, and presented the fact that in recent times, different agencies have been exploiting forests for their personal interests, but on different days, funny programs have been organized in the name of tree planting. has been done In the present article, which uses deductive method, Sharma's Plantation: Gaijatra Mahotsav essay has been selected as the main source material, while the study has been completed on the basis of secondary source material by collecting material from library sources. The article has been concluded by using descriptive and analytical methods under the qualitative study. By identifying the satirical aspects used in the essay from the point of view of satirical theory and analyzing their satirical importance and height, the conclusion that the essay is strong from the point of view of satirical consciousness has been made.}

Downloads

Download data is not yet available.
Abstract
81
PDF
6

Downloads

Published

2024-07-09

How to Cite

टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai. (2024). ’वृक्षरोपण : गाईजात्रा महोत्सव’ निबन्धमा व्यङ्ग्य {Satire in the essay ’Vriksharopan: Gaijatra Mahotsava’}. Pragyan, 8(1), 1–7. https://doi.org/10.3126/pragyan.v8i1.67656

Issue

Section

Articles