‘हामी’ कवितामा ध्वनि सौन्दर्य {Sound Beauty in the Poem 'Hami'}

Authors

  • तुल्सीराम Tulsiram पोख्रेल Pokhrel त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि. {Tribhuvan Multiple Campus, Palpa, T.U.}

DOI:

https://doi.org/10.3126/pragyan.v7i1.55159

Keywords:

सौन्दर्यचेत aesthetic, लक्ष्यार्थ objective, प्रतीकात्मकता symbolic, लक्ष्यहीन aimless, बिम्बात्मक figurative.

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख कवि भूपी शेरचनद्वारा रचित 'हामी’ गद्य कविताभित्र प्रयुक्त ध्वनि सौन्दर्यको पहिचान र विश्लेषणमा केन्द्रित रहेको छ । छ अनुच्छेद र १६० पब्क्तिमा संरचित हामी कवितालाई आनन्दवर्धनको ध्वनि सिद्घान्तका आधारमा केलाउनु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । पूर्वीय साहित्य सिद्घान्तमा आधारित भएर यो अध्ययनलाई वाच्यार्थ र व्यब्ग्यार्थको कोणबाट विश्लेषण गरिएको छ । कवितामा प्रयुक्त भनाइको गाम्भीर्य र ध्वनिको सुगठनलाई उक्तिवैचित्र्यका आधारमा अध्ययनको केन्द्रबिन्दु बनाइएको छ । आजको युगमा हामी उपनिवेशवादका बाछिटाबाट मुक्त हुन नसकेको यथार्थता, विश्वसमाजमा हाम्रो दुर्दशा र गर्विलो स्वाभिमानबाट स्खलित हुँदै घृणित बन्नु परेको अवस्थालाई यस अध्ययनमा ध्वनि सौन्दर्यको व्यब्ग्यार्थ भावका आधारमा केलाइएको छ । यसमा शब्द सौन्दर्य र अर्थगत आधारलाई विश्लेषण गरिएको छ । पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोग गरिएको यस लेखमा विशेष गरेर हामी कवितामा प्रयुक्त ध्वनि सौन्दर्यको पहिचान गर्नुलाई मुल उद्देश्य बनाइएको छ । समसामयिक विषयवस्तुलाई प्रतीकात्मक अभिव्यक्ति दिँदै प्रस्तुत कवितामा बिम्बात्मक भाव तथा व्यञ्जनात्मक ध्वनि सौन्दर्यचेत प्रतिध्वनित रहेको निष्कर्ष निकालिएको छ ।

{The presented research article is focused on the identification and analysis of sound beauty used in the prose poem 'Hami' written by poet Bhupi Sherchan. The main purpose of this study is to analyze the Bham poem, which is structured in six paragraphs and 160 lines, based on Anandavardhan's sound theory.Based on the Eastern literature theory, this study has been analyzed from the perspective of rhetoric and satire. The seriousness of the words used in the poem and the structure of the sound have been made the focus of the study based on the idioms. In today's era, the reality that we have not been freed from the colonialism, our plight in the world society and the situation where we have to become abominable from our proud self-respect, has been discussed in this study based on the satirical sense of sound beauty. In this, the word beauty and semantic basis are analyzed. In this article, which uses library reference materials, the main objective is to identify the sound beauty used in poetry. Giving symbolic expression to the contemporary theme, it is concluded that the symbolic expression and consonant sounds resonate aesthetically in the presented poem.}

Downloads

Download data is not yet available.
Abstract
53
PDF
48

Downloads

Published

2023-06-13

How to Cite

पोख्रेल Pokhrel त. T. (2023). ‘हामी’ कवितामा ध्वनि सौन्दर्य {Sound Beauty in the Poem ’Hami’}. Pragyan, 7(1), 93–103. https://doi.org/10.3126/pragyan.v7i1.55159

Issue

Section

Articles