विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही, त्रि.वि. {Butwal Multiple Campus, Rupandehi, T.U.}

DOI:

https://doi.org/10.3126/pragyan.v7i1.55155

Keywords:

मानवतावादी चिन्तन Humanistic thinking, विश्वबन्धुत्व universal brotherhood, लोककल्याण public welfare, सहअस्तित्व coexistence, स्वतन्त्रता freedom.

Abstract

माधवप्रसाद घिमिरेको विश्वबन्धु कविता विश्वमा भइरहेको खिचातानी र मारामारको होडबाजीबाट माथि उठेर सम्पूर्ण विश्वभरिका मानिसमा सहभ्रातृत्वको सम्बन्ध कायम गरी मानवतावादी चेतनाको प्रसार गर्नुपर्ने भावनालाई मूल सन्दर्भ बनाई रचना गरिएको हो । यस कवितामा भ्रातृत्व र विश्वबन्धुत्व, लोककल्याण र शान्ति, मानव जीवन र प्रकृतिबिच सहअस्तित्व, स्वतन्त्रता र एकता जस्ता मानवतावादी चिन्तनको अवधारणालाई उपयोग गरिएको छ । यस कवितामा मानिसमा रहेका वैरभाव, कलुषता जस्ता निकृष्ट भावलाई बिर्सेर विश्वका सबै मानिसलाई बन्धुबान्धव ठान्नुपर्ने, आणविक शस्त्र–अस्त्रका कारण उत्पन्न विनाशमयी सन्त्रासपूर्ण जीवन जिउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, प्रकृतिको अस्तित्व असुरक्षित हुनु नै मानव जातिको मूल कारण भएकाले धर्तीको वातावरण स्वच्छ हुनुपर्ने र विश्वका मानिसहरूले स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्ने अवस्थाको सृजना हुनुपर्ने जस्ता मानवतावादसँग सम्बन्धित विचारहरु अभिव्यक्त भएका छन् । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा मानवतावादी अवधारणालाई सैद्धान्तिक आधारका रूपमा अवलम्बन गरी कवितामा प्रस्तुत मानवतावादी चिन्तनको खोजी गर्ने काम यस लेखमा गरिएको छ ।

{Madhav Prasad Ghimire's Vishwabandhu poem has been composed with the main context of the spirit of spreading humanist consciousness by maintaining a relationship of brotherhood among the people all over the world. In this poem, the concepts of humanistic thinking such as brotherhood and universal brotherhood, public welfare and peace, coexistence between human life and nature, freedom and unity have been used. In this poem, ideas related to humanism have been expressed, such as forgetting the bad feelings of malice and malice in human beings, considering all the people of the world as brothers, ending the situation of living a life of destruction caused by nuclear weapons, the existence of nature being insecure, the environment of the earth should be clean and the people of the world should create a situation for expressing their views freely. The data required in this article is taken from primary and secondary sources. This article explores the humanistic thinking presented in the poem by using the data of primary and secondary sources and adopting the humanistic concept as a theoretical basis.}

Downloads

Download data is not yet available.
Abstract
24
PDF
63

Downloads

Published

2023-06-13

How to Cite

पौड्याल Poudyal श. S. (2023). विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry}. Pragyan, 7(1), 53–61. https://doi.org/10.3126/pragyan.v7i1.55155

Issue

Section

Articles