स्नातक तहका विद्यार्थीहरूका लिखित अभिव्यक्तिमा देखिने वर्णविन्याससम्बन्धी त्रुटिहरूको अध्ययन {Study of Graphological Errors in The Written Expression of Bachelor Level Students}

Authors

  • चतुर्भुज Chaturvuj नेपाल Nepal Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54735

Keywords:

निराकरणात्मक, द्विभाषिक, सम्प्रदाय, वर्णविश्लेषण, विमातृभाषी, problem solving, graphological analysis, second language learners, community, bilingual

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख स्नातक तहमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत अनिवार्य नेपाली विषयको भाषाशिक्षणका क्रममा विद्यार्थीहरूले वर्णविन्यास सम्बन्धी के कस्ता त्रुटिहरू गर्ने गर्दछन् भन्ने समस्यामा केन्द्रित भई तयार पारिएको छ र त्रुटि विश्लेषणका क्षेत्रहरूको प्रयोगात्मक चर्चा गरिएको छ । बहुभाषिक समाजबाट उच्चशिक्षा हासिल गर्न विश्वविद्यालयमा आएका मातृभाषी र विमातृभाषी नेपाली विद्यार्थीहरूले गर्ने वर्णविन्यासगतत्रुटिको खोजी गरी भाषाशिक्षणका क्रममा त्यस्ता त्रुटिहरू कसरी कम गर्न सकिन्छ भन्ने सन्दर्भमा अनुसन्धान केन्द्रित छ । त्रुटिका क्षेत्रहरू पहिचान गरी त्यसको वर्गीकरण पनि यस लेखमा गरिएको छ । प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी अध्ययनलाई अगाडि बढाइएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा शिक्षाशास्त्र सङ्कायको स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई सामग्रीका रूपमा छनोट गरी तिनीहरूमा पाइने वर्णविन्यासगत त्रुटिको अवस्था पहिचान गरी त्रुटिहरू कम गर्ने उपायहरू अबलम्वन गर्न सकिने उपायका साथमा निष्कर्ष निकालिएको छ ।

{The present research article is based on the graphical errors made by the Bachlor level students of compulsory Nepali subject under the Faculty of Education. This article has been prepared focusing on the problem and the areas of error analysis. The research focuses on how to reduce the graphological errors in the course of language learning by exploring the spelling errors made by native and non-native Nepali students who come to the university to pursue higher education from a multilingual society. Error areas are identified and classified in this article. The study has been carried out by collecting materials from primary and secondary sources. The students of Bachelor first year studying at Tribhuvan multiple campus, Palpa, have been selected as the study population and measures have been taken to reduce the errors by identifying the graphological errors found in them.}

Downloads

Download data is not yet available.
Abstract
23
PDF
30

Author Biography

चतुर्भुज Chaturvuj नेपाल Nepal, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

Teaching Assistant

Downloads

Published

2023-05-10

How to Cite

नेपाल Nepal च. C. (2023). स्नातक तहका विद्यार्थीहरूका लिखित अभिव्यक्तिमा देखिने वर्णविन्याससम्बन्धी त्रुटिहरूको अध्ययन {Study of Graphological Errors in The Written Expression of Bachelor Level Students}. Pragyan, 6(1), 125–135. https://doi.org/10.3126/pragyan.v6i1.54735

Issue

Section

Articles