संरचनावादको सैद्धान्तिक आधार र अवधारणा

Authors

  • पशुपति Pashupati नेउपाने Neupane पाटन संयुक्त क्याम्पस, त्रि.वि.वि.

DOI:

https://doi.org/10.3126/ppj.v4i01.70268

Keywords:

सङकेत, एकाइ, स्वशासन, रैखिक, ध्वनिविज्ञान

Abstract

प्रस्तुत आलेखमा संरचनावादका आधार र अवधारणाहरू प्रस्तुत गरिएको छ । संरचनावादका केकस्ताआधार र अवधारणा छन्भन्ने मूल शोधप्रश्नमा केन्द्रित भई यो आलेख तयार गरिएको हो । यस क्रममा खासगरी आधुनिक भाषाविज्ञानका पिता मानिने, स्विजरल्यान्डका फर्डिनान्ड डे ससुर (ई. १८५७—१९१३) कोसंरचनासम्बन्धी अवधारणालाई विशेष महत्त्व दिइएको छ । उनले भाषालाई सङ्केतहरूको व्यवस्था मानेका छन्र यसको संरचना हुन्छ भनेका छन् । सङ्केत पनि सङ्केतक र सङ्केतित मिलेर बनेको हुन्छ । उनले अर्थनिर्धारण गर्ने तत्त्वहरू सङ्केत (कष्नल), ज्ञान (यिनयक), संस्कृति र द्विचर विरोधलाई मानेका छन् । भाषालेविचार निर्धारण गर्छ र भाषा जानेपछि मात्रै बालकले ज्ञान आर्जन गर्छ भन्ने उनको धारणालाई पनिसंरचनावादले वहन गरेको छ । ससुरकै सिद्धान्तमा टेकेर पछिका संरचनावादी र उत्तरसंरचनावादी धारणाविकसित भएको पाइन्छ । चेक संरचनावाद भने रुसी रुपवाद र ससुरेली संरचनावादको समन्वयबाट निर्माणभएको हो । ससुरको भाषासम्बन्धी कार्यलाई फ्रान्समा लेभी स्ट्रउसले मानवशास्त्रमा उपयोग गरेपछि फ्रान्सेलीसंरचनावादको विकास भयो । फ्रान्सेली संरचनावादमा रोला बार्थ, अल्गिडर्स युलियन ग्रिमास र भितानतोदोरोभले पनि योगदान दिए । युरोपेली संरचनावादसम्बन्धी अवधारणाहरूको व्याख्या गरी पाठकका लागि सहजबनाउने उद्देश्य लिएर सबै संरचनावादी सिद्धान्तहरू अपेक्षाकृत ससुरेली अवधारणामा आधारित छन् भन्नेनिष्कर्षका साथ सम्पूर्ण भाषामा समान संरचनागत तत्त्वहरू पाइन्छन्भन्नु नै यस अध्ययनको प्राप्ति हो ।

Abstract
55
PDF
17

Author Biography

पशुपति Pashupati नेउपाने Neupane, पाटन संयुक्त क्याम्पस, त्रि.वि.वि.

नेपाली विभाग

Downloads

Published

2024-10-01

How to Cite

नेउपाने Neupane प. P. (2024). संरचनावादको सैद्धान्तिक आधार र अवधारणा. Patan Prospective Journal, 4(01), 196–209. https://doi.org/10.3126/ppj.v4i01.70268

Issue

Section

Articles