सम्यक्सम्बुद्ध महाकाव्यका सिद्धार्थको करुणासाधना र अभिप्रेरणा {Compassion and motivation of Siddhartha of the Samyaksambuddha epic}

Authors

  • पशुपति Pashupati नेउपाने Neupane पाटन संयुक्त क्याम्पस

DOI:

https://doi.org/10.3126/ppj.v2i2.53170

Keywords:

अष्टाङ्ग मार्ग, पञ्चशील, आर्यसत्य, वैराग्यबोध, बोधिसत्व

Abstract

प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यका प्रमुख चरित्र सिद्धार्थमा निहित करुणाको स्रोत, विकास, उनले गरेको दुःखमुक्ति साधना र अभिप्रेरणा ठम्याउने प्रयास गरिएको छ । यो महाकाव्य कँडेलको गहन अध्ययन, परिपक्व चिन्तन, परिष्कृत लेखन र वृद्ध वयको उच्चतम् उपज हो । यसमा सिद्धार्थको जीवन, उनको त्याग, ध्यानसाधना, ज्ञानप्राप्ति अनि त्यसको विस्तार र प्रचारबारे चर्चा गरिएको भए पनि यस आलेखमा भने उनको करुणास्रोत, साधना र बुद्धत्व प्राप्तिसम्मका घटनाहरूलाई मात्र विश्लेषण गरिएको छ । वर्तमान विश्वका लागि सिद्धार्थको तृष्णमुक्त एबं त्यागपूर्ण  जीवनसाधना, बुद्धत्वप्राप्ति, चिन्तन र दर्शन प्रेरणादायी छ भन्नु यस आलेखको महत्त्व हो । यसको उद्देश्य पनि दुःखको पहिचान कर समनका साथ मानवीय अभिप्रेरणत्मक कार्यबाट वर्तमान स्वार्थी, नैतिकहीन, चरित्रहीन र अविवेकी संसालाई सत्कर्मका साथ सद्धर्ममा लाग्ने प्रेरणा मिलोस् भन्नु हो । बुद्धलाई महाकारुणिक देखाई करुणाको अवलम्बनबाट मेलमिलाप, विश्वप्रेम, विश्वभ्रातृत्व, विश्वबन्धुत्वका साथ विश्वशान्ति सम्भव छ भन्नु यसको निष्कर्ष हो । यो आलेख गुणात्मक अनुसन्धान ढाँचा र व्याख्यात्मक विधिमा आधारित छ । यसका सन्दर्भहरूलाई एपिएको नेपाली पद्धतिमा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
22

Author Biography

पशुपति Pashupati नेउपाने Neupane, पाटन संयुक्त क्याम्पस

उप प्राध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

नेउपाने Neupane प. P. (2022). सम्यक्सम्बुद्ध महाकाव्यका सिद्धार्थको करुणासाधना र अभिप्रेरणा {Compassion and motivation of Siddhartha of the Samyaksambuddha epic}. Patan Prospective Journal, 2(2), 301–311. https://doi.org/10.3126/ppj.v2i2.53170

Issue

Section

Articles