हरिशरण रामको पुनरागमन कथाको सांस्कृतिक अध्ययन
Abstract
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा रचित ‘हरिशरण रामको पुनरागमन’ कथामा अभिव्यक्त सांस्कृतिक पक्षको सांस्कृतिक अध्ययनको दृष्टिकोणबाट विश्लेषण गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य कथामा चित्रित जातीय तथा वर्गीय संरचना, प्रतिनिधित्व, सांस्कृतिक पहिचान र सामाजिक परिवर्तनका आयामहरूको पहिचान गर्नु हो । सांस्कृतिक अध्ययनले साहित्यलाई सामाजिक, राजनीतिक तथा सांस्कृतिक सन्दर्भसँग जोडेर व्याख्या गर्ने समकालीन दृष्टिकोण अवलम्बन गर्दछ । अध्ययनमा प्रतिनिधित्व, जातीय सांस्कृतिक परिवेश, वर्गीय सामाजिक संरचना, जातीय विभेद, दलित पहिचान, श्रमप्रतिको आस्था, प्रेम, प्रतिरोध चेतना तथा ज्ञान र शक्तितर्फको उन्मुखता जस्ता पक्षहरूको विश्लेषण गरिएको छ । कथाका प्रमुख पात्र हरिशरण रामले शिक्षकको भूमिकामार्फत परम्परागत जातीय पेशाबाट माथि उठ्दै नयाँ सामाजिक पहिचान निर्माण गर्ने प्रयास गरेका छन्, जसले दलित समुदायको आत्मसम्मान र प्रतिनिधित्वको आकांक्षालाई उजागर गर्दछ । कथाले सामन्ती आर्थिक संरचनाबाट निर्मित जातीय विभेदको संस्कृतिलाई उद्घाटन गर्नुका साथै श्रमको सम्मान, सहकार्य र जातीय सद्भावको विकासोन्मुख प्रवृत्तिलाई पनि प्रस्तुत गरेको छ । कथाको अन्त्यमा हरिशरण रामको पुनः गाउँको विद्यालयमा पुनरागमन व्यक्तिगत उपलब्धिभन्दा सामाजिक चेतना, शैक्षिक विस्तार र सांस्कृतिक रूपान्तरणको परिणामका रूपमा चित्रित गरिएको छ । यसले जातीय विभेद र शक्ति संरचनामाथि प्रश्न उठाउँदै सामाजिक परिवर्तन सम्भव रहेको सन्देश प्रवाह गर्दछ । त्यसैले यो कथा सीमान्तीयता र सांस्कृतिक अध्ययनका दृष्टिले महŒवपूर्ण कृति सिद्ध हुन्छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Palhi Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.