मधुमेहका कारण, जोखिम र रोकथामका उपायहरूः नवलपरासीको सुनवल नगरपालिका–१२ मा आधारित एक वर्णनात्मक अध्ययन

Authors

Abstract

मधुमेह (Diabetes Mellitus) विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको एक प्रमुख दीर्घकालीन नसर्ने रोग हो, जसले मुटु, मृगौला, आँखा तथा स्नायु प्रणालीमा गम्भीर जटिलता निम्त्याउन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताका कारण यसको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । यस अध्ययनको उद्देश्य नवलपरासी जिल्लाको सुनवल नगरपालिका–१२ का बासिन्दाहरूमा मधुमेहका प्रमुख कारण, जोखिमकारक, जनचेतनाको अवस्था तथा रोकथामका उपायहरूको विश्लेषण गर्नु रहेको छ । अध्ययनका लागि २० वर्ष वा सोभन्दा माथिका ९० जना पुरुष तथा महिलाबाट संरचित अन्तर्वार्तामार्फत तथ्याङ्क सङ्कलन गरिएको थियो । अध्ययनमा सहभागीहरूको खानपान, शारीरिक गतिविधि, धूम्रपान तथा मदिरा सेवन, मोटोपना, मानसिक तनाव, पारिवारिक स्वास्थ्य इतिहास तथा स्वास्थ्य परीक्षणसम्बन्धी जानकारी समेटिएको थियो । अध्ययनले असन्तुलित आहार, जङ्क फुडको अत्यधिक सेवन, शारीरिक निष्क्रियता, मोटोपना, आनुवंशिक प्रभाव, धूम्रपान, मदिरा सेवन, मानसिक तनाव तथा अपर्याप्त निद्रालाई मधुमेहका प्रमुख जोखिमकारकका रूपमा पहिचान गरेको छ । । अध्ययनले मधुमेहलाई व्यक्तिगत स्वास्थ्य समस्यामात्र नभई सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा प्रस्तुत गरेको छ । त्यसैले स्वस्थ जीवनशैली, सन्तुलित आहार, नियमित व्यायाम तथा समुदायस्तरका जनचेतनामूलक कार्यक्रममार्फत यसको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

Abstract
40
PDF
31

Downloads

Published

2026-08-17

Issue

Section

Research Articles

How to Cite

Dhakal, S. (2026). मधुमेहका कारण, जोखिम र रोकथामका उपायहरूः नवलपरासीको सुनवल नगरपालिका–१२ मा आधारित एक वर्णनात्मक अध्ययन. Palhi Peace and Enlightenment: Interdisciplinary Journal, 1(1), 107-116. https://doi.org/10.3126/ppe.v1i1.98824