‘मेरी सौता’ कथामा रौद्र रस

Authors

  • शंकरप्रसाद Shankarprasad गैरे Gaire त्रिभुवन विश्‍वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/pp.v12i1.69988

Keywords:

अनुभाव, आवेग, क्रोध, विभाव, सौता

Abstract

प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित छन् । मूलतः यौनलाई विषय बनाउने चौधरीले यस कथामा लोग्नेले अर्को बिहे गरेपछि र सौतालाई माया गर्न थालेपछि लोग्ने र सौताप्रति वितृष्णा उत्पन्न हुन गई उनीहरूप्रति क्रोध प्रकट गर्ने नारीको कथा भनिएको छ । लोग्नेले सौतालाई माया गरेपछि लोग्नेप्रति चरम क्रोध प्रकट गरेकाले कथामा रौद्र रसको विशेष प्रयोग भएको देखिन्छ । संस्कृत साहित्यशास्त्रमा काव्य विश्लेषणका निम्ति प्रतिपादन गरिएका सिद्धान्तमध्ये रसलाई जेठो माानिन्छ, जसमा नवरसको चर्चा पाइन्छ । तीमध्ये रौद्र रस एक हो । कसैप्रति क्रोध वा आक्रोश प्रकट गर्दा रौद्र रसको उत्पत्ति हुन्छ । विश्लेष्य कथामा रौद्र रसको प्रयोग अत्यधिक देखिएको छ । प्रस्तुत लेखमा मेरी सौता कथामा रौद्र रसको प्रस्तुति केकसरी गरिएको छ ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर अध्ययनलाई सम्पन्न गरिएको छ । अध्ययनमा निगमनात्म्क विधिअन्तर्गत व्याख्यात्मक विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक प्रकृतिको प्रस्तुत अध्ययनमा मुना चौधरीको मेरी सौता कथा रौद्र रसको प्रयोगका दृष्टिले महत्त्वपूर्ण र सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
110
PDF
22

Downloads

Published

2024-09-23

How to Cite

शंकरप्रसाद Shankarprasad गैरे Gaire. (2024). ‘मेरी सौता’ कथामा रौद्र रस. Prāgyik Prabāha, 12(1), 115–123. https://doi.org/10.3126/pp.v12i1.69988

Issue

Section

Articles