'सीताहरू–२३' कथामा अभिघात

Authors

  • कमलादेवी Kamaladevi न्यौपाने Nyaupane त्रिभुवन विश्‍वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/pp.v12i1.69984

Keywords:

अपहरण, चोट, ट्रोमा, पीडा, मानसिक आघात

Abstract

प्रस्तुत लेख सीताहरू–२३ कथाको विश्लेषणमा केन्द्रित रहेको छ । परशु प्रधानद्वारा लेखिएको यो कथा उनको सीताहरू कथासङ्ग्रहमा समाविष्ट छ । नेपाली साहित्यमा कथाकारको रूपमा विशिष्ट पहिचान बनाएका प्रधानले यस कथामा द्वन्द्वकालमा लोग्ने अपहरणमा परेपछि तीन वर्षसम्म ऊ मेरेको वा जीवित रहेकोबारे सूचना नपाएकी पत्नीको पीडालाई प्रस्तुत गरिएको छ । आयस्रोतको अभाव र पिताको अभिभावकत्व नपाएर छोराछोरी लागुपदार्थ दुव्र्यसनमा लाग्नु, देहव्यापारमा लाग्नुजस्ता अवस्थाले नारीका मनमा पर्ने चोटलाई कथाले प्रस्तुत गरेको छ । मानसिक अभिघातको प्रस्तुतिका दृष्टिले महत्त्वपूर्ण रहेको कथालाई अभिघात सिद्धान्तका सापेक्षतामा अध्ययन गरिएको प्रस्तुत लेख निगमनात्मक विधिमा आधारित रहेको छ । परशु प्रधानको सीताहरू–२३ लाई मुख्य स्रोत सामग्री बनाइएको यस लेखलाई सम्पन्न गर्न पुस्तकालयीय स्रोतबाट द्वितीय स्रोत सामग्रीको प्रयोग गरिएको छ । व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ । परशु प्रधानद्वारा लेखिएको सीताहरू–२३ कथा अभिघातसिद्धान्तका दृष्टिले केकस्तो रहेको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रहेर अध्ययनलाई अगाडि बढाइएको छ भने निर्धारित कथालाई अभिघात सिद्धान्तका सापेक्षतामा अध्ययन विश्लेषण गर्ने उद्देश्य राखिएको छ । प्रस्तुत कथा मानसिक अभिघातको प्रस्तुतिका दृष्टिले महत्त्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
12

Downloads

Published

2024-09-23

How to Cite

कमलादेवी Kamaladevi न्यौपाने Nyaupane. (2024). ’सीताहरू–२३’ कथामा अभिघात. Prāgyik Prabāha, 12(1), 81–90. https://doi.org/10.3126/pp.v12i1.69984

Issue

Section

Articles