खुसीको खोजी कथासङ्ग्रहमा निहित मनोविज्ञान {The Psychology Underlying the 'Khusiko Khoji'}

Authors

  • टंकप्रसाद Tankaprasad पन्थ Pantha त्रिभुवन विश्वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/pp.v11i1.55602

Keywords:

स्वैरकल्पना Swerkalpana, मनोवेत्ता manovetta, कामशक्ति Kamshakti, एषणा

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख ‘खुसीको खोजी’ कथासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । यस कथासङ्ग्रहका लेखक शालिकराम पाण्डे ‘शिला’ हुन् । कथाकार पाण्डेले विभिन्न क्षेत्रका पात्रहरूलाई उपस्थित गराई तिनको मानसिक अवस्थालाई केलाउने काम गर्दछन् । मानवीय मनलाई मिहिन रूपमा छामेर चरित्रको चित्रण गर्ने पाण्डेका कथामा मनोविज्ञान सघन रूपमा आएको पाइन्छ । मानिसका विविध मनोदशालाई कथामा अवतरण गराउने यिनका कथामा यौन मनोविज्ञान सशक्त रूपमा आएको हुन्छ । समाजका यथार्थ घटनालाई कथाको विषय बनाउने पाण्डेका कथाका पात्रहरू मानवीय स्वाभाविक प्रवृत्तिलाई आत्मसात गर्ने गरी चयन भएको छ । कथामा आएका केही पात्रहरू अनुकूल र केही चाहिँ प्रतिकूल प्रकृतिका रहेको देख्न सकिन्छ । मानवीय एषणा रअचेतन अवस्थाको चित्रण पनि यिनका कथामा सघन रूपमा भएको पाइन्छ । यस लेखमा शालिकराम पाण्डेको ‘खुसीको खोजी’ कथाभित्र प्रस्तुत मनोविज्ञानको अवस्थालाई अध्ययन गरिएको छ । कथामा उपस्थित पात्रहरूका चरित्र, तिनीहरूका व्यवहार, मानसिक स्थिति, सामाजिक मान्यता, मनोवृत्ति आदिका आधारमा कृतिको विश्लेषण गरी मनोविज्ञानका विविध पक्षका आधारमा ‘खुसीको खोजी’ कथासङ्ग्रहको अध्ययन गरिएको छ । प्रस्तुत अनुसन्धानमूलक लेखमा मनोविज्ञानको सैद्धान्तिक स्वरूपलाई उठान गरी सोही सिद्धान्तका आधारमाशालिकराम पाण्डैद्वारा लिखित खुसीको खोजी कथासङ्ग्रहमा उपस्थित गराइएका पात्रहरू र तिनको मानसिक दशा के कस्तो रहेको छ भन्ने प्राज्ञिक समस्यामा केन्द्रित रही यो लेख तयार पारिएको छ । यहाँ विश्लेषण विधिको उपयोग गरी पात्रका बोली, विचार र व्यवहारका सापेक्षमा कथाहरूको विश्लेषण गरी मनोविज्ञानको कस्तो प्रभाव रहेको छ भन्ने कुराको निष्कर्ष निकाली विश्लेष्य कथासङ्ग्रहको मूल्यनिरूपण गर्ने काम गरिएकोछ ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
97

Author Biography

टंकप्रसाद Tankaprasad पन्थ Pantha, त्रिभुवन विश्वविद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

उपप्राध्यापक नेपाली

Downloads

Published

2023-06-12

How to Cite

पन्थ Pantha ट. T. (2023). खुसीको खोजी कथासङ्ग्रहमा निहित मनोविज्ञान {The Psychology Underlying the ’Khusiko Khoji’}. Prāgyik Prabāha, 11(1), 124–137. https://doi.org/10.3126/pp.v11i1.55602

Issue

Section

Articles