नैतिकता, सदाचार र अनुशासन
DOI:
https://doi.org/10.3126/paanj.v32i01.89297Keywords:
सार्वजनिक प्रशासन, नैतिकता, सदाचार, अनुशासन, सुशासन, आचरण संहिता, प्रशासनिक उत्तरदायित्व, सार्वजनिक सेवा सुधार, प्रशासनिक संस्कृतिAbstract
यस लेखले सार्वजनिक प्रशासनमा नैतिकता, सदाचार र अनुशासनको अवधारणागत स्पष्टता, व्यवहारिक अवस्था तथा संस्थागत सुदृढीकरणको आवश्यकता विश्लेषण गर्दछ । सुशासनको आधारस्तम्भका रूपमा रहेका यी तीन तत्वहरू सार्वजनिक सेवाको गुणस्तर, नागरिक विश्वास र राज्य–नागरिक सम्बन्ध सुदृढीकरणका लागि अनिवार्य मानिन्छन् । लेखमा नेपालको सार्वजनिक प्रशासनिक प्रणालीमा विद्यमान नैतिक आचरण, सदाचार तथा अनुशासनको वर्तमान अवस्था, यसका प्रमुख चुनौतीहरू र संरचनागत कमजोरीहरूलाई नीतिगत, कानुनी तथा संस्थागत परिप्रेक्ष्यबाट समीक्षा गरिएको छ ।नियामक संरचना, आचरण संहिता, प्रशासनिक संस्कृति, राजनीतिक हस्तक्षेप, दण्डहीनता तथा कार्यसम्पादन प्रणालीबीचको अन्तरसम्बन्धलाई विश्लेषण गर्दै लेखले नैतिक विचलनका कारणहरू पहिचान गरेको छ । साथै, लेखले सार्वजनिक सेवामा नैतिक नेतृत्व, उत्तरदायित्व, पारदर्शिता र नागरिक–केन्द्रित प्रशासन प्रवद्र्धनका लागि आवश्यक सुधार उपायहरू प्रस्ताव गरेको छ । समग्रमा, यस अध्ययनले नेपालको सार्वजनिक प्रशासनमा नैतिकता, सदाचार र अनुशासनलाई संस्थागत रूपमा सुदृढ गर्न नीतिगत प्रतिबद्धता, कार्यान्वयन क्षमता र प्रशासनिक संस्कृतिमा रूपान्तरण अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गर्दछ ।