प्रशासनको विकासक्रममा नयाँ सार्वजनिक सम्मोहन
DOI:
https://doi.org/10.3126/paanj.v32i01.89294Keywords:
नयाँ सार्वजनिक सम्मोहन, सार्वजनिक प्रशासन सुधार, आन्तरिक उत्प्रेरणा, नयाँ सार्वजनिक व्यवस्थापन, नागरिक सहभागिता, लोकतान्त्रिक शासन प्रणालीAbstract
यस लेखमा सार्वजनिक प्रशासनको ऐतिहासिक विकासक्रमको विश्लेषण गर्दै नयाँ सार्वजनिक सम्मोहन (New Public Passion – NPP) को अवधारणालाई समकालीन सार्वजनिक प्रशासन सुधारको महत्वपूर्ण आयामका रूपमा प्रस्तुत गरिएको छ । लेखले परम्परागत सार्वजनिक प्रशासन, नयाँ सार्वजनिक व्यवस्थापन (New Public Management) र नयाँ सार्वजनिक शासन (New Public Governance) का सैद्धान्तिक विशेषता, उपलब्धि र सीमाहरूको क्रमिक समीक्षा गर्दछ । विशेषतः नयाँ सार्वजनिक व्यवस्थापनले कार्यकुशलता, परिणाममुखी व्यवस्थापन र बजारमुखी अभ्यासलाई प्राथमिकता दिए तापनि यसले न्याय, समानता, नागरिकता, लोकतान्त्रिक मूल्य तथा सार्वजनिक सेवकको आन्तरिक उत्प्रेरणालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको तर्क प्रस्तुत गरिएको छ ।यस लेखले नयाँ सार्वजनिक सम्मोहनलाई सार्वजनिक प्रशासन सुधारको परिपूरक तथा सुधारात्मक अवधारणाका रूपमा व्याख्या गर्दछ, जहाँ सार्वजनिक सेवकको आन्तरिक प्रेरणा, सेवा भाव, प्रतिबद्धता र नैतिक उत्तरदायित्वलाई केन्द्रमा राखिएको छ । लेखका अनुसार दिगो तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि संरचनात्मक सुधार मात्र पर्याप्त हुँदैन; सार्वजनिक सेवकमा विश्वास, उत्तरदायित्व, संवेदनशीलता र गतिशीलताको विकास अनिवार्य हुन्छ । नागरिक सहभागिता, सह–उत्पादन तथा मूल्यआधारित नेतृत्वलाई आत्मसात गर्दै नयाँ सार्वजनिक सम्मोहनले सार्वजनिक सेवाको गुणस्तर सुधार र लोकतान्त्रिक शासन सुदृढीकरणमा योगदान पुर्याउन सक्ने छ ।