प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत
DOI:
https://doi.org/10.3126/paanj.v31i01.73601Keywords:
संघीय प्रणाली, स्थानीय सरकार, प्रशासनिक व्यवस्था, प्रमुख प्रशासकीय अधिकृतको भूमिका, स्थानीय आर्थिक विकास, कानुनी प्रावधानको कार्यान्वयन, सुशासन र पारदर्शिताAbstract
नेपालको संघीय प्रणाली र स्थानीय सरकारहरूको सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतहरूको महत्वपूर्ण भूमिका र कर्तव्यहरूको विश्लेषण गरिएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूको स्थापना भएको छ र स्थानीय सरकारहरू यी तहहरूको महत्वपूर्ण अंगका रूपमा काम गर्दैछन् । नगर प्रमुख र गाउँपालिका अध्यक्षहरूले राजनैतिक नेतृत्व प्रदान गर्दै स्थानीय जनताको समस्याहरूलाई सम्बोधन गर्छन् भने, वडाध्यक्षहरू वडास्तरमा प्रशासनिक कार्यहरूमा सक्रिय छन् । प्रमुख प्रशासकीय अधिकृतहरूले संघीय सरकारका प्रतिनिधिहरूको रूपमा स्थानीय प्रशासनको नेतृत्व गर्दछन् र सरकारका कार्यक्रमहरूको कार्यान्वयनमा पारदर्शिता र दक्षता कायम राख्ने प्रयास गर्छन् । लेखमा प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीहरूको पनि चर्चा गरिएकोछ, जसमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आर्थिक विकास, गरिबी निवारण, महिला, बालबालिका र पिछडिएका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यक्रमहरूको कार्यान्वयन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । यसका साथै, दीर्घकालीन र आवधिक योजनाहरूको निर्माण र बजेट निर्माणको महत्व पनि वर्णन गरिएको छ । अन्त्यमा, प्रमुख प्रशासकीय अधिकृतहरूको कानूनी जिम्मेवारीहरू, तिनीहरूको भूमिका र कार्यप्रणालीका बारेमा अभिमत प्रस्तुत गरिएको छ । यसले सार्वजनिक प्रशासनमा रहेका समस्याहरू, जस्तै असारे विकास र न्यून पुँजीगत खर्चको समस्या समाधानमा सहयोग पुर्याउन सक्छ ।