छाप्रो नं. ५५ उपन्यासमा डायस्पोरिक प्रवृत्ति

Authors

  • Keshab Niroula

DOI:

https://doi.org/10.3126/njumc.v1i1.82911

Keywords:

आइओएम, डायस्पोरिक, निर्वासन, ब्लड क्यान्सर, सीमान्तीयता

Abstract

लामो समयसम्म नेपालभित्रै भुटानी शरणार्थीका रुपमा रहेका रमेश दियालीले अमेरिका बसेर तयार पारेको ‘छाप्रो नं ५५’ उपन्यासमा नेपाली  डायस्पोरिक जीवन सङ्घर्षबारे प्रकाश पारिएको छ । यसमा नेपाली डायस्पोरिक उपन्यासमा पाइने धेरैजसो अभिलक्षणहरु प्रतिविम्बित भएका छन् । गङ्गा दमाईको जीवनयात्रा र मोडहरुसँगै त्यस्ता डायस्पोरिक अभिलक्षणले सार्थकता पाउँदै गएका छन् । एकातिर भुटानबाट नेपाल बस्नुपर्दाका अनुभूति र भोगाइहरु तथा अर्कातिर नेपालबाट अमेरिकाको सियाटलमा बस्नुपर्दाका भोगाइ तथा अनुभूतिहरु नै यसका प्रमुख विषय रहेका छन् । यसकारण प्रस्तुत उपन्यासमा डायस्पोरिक सिद्धान्तका दृष्टिले केकस्ता अभिलक्षणहरु पाइन्छन् तथा डायस्पोरिक प्रवृत्तिका दृष्टिले उपन्यासको मूल्याङ्कन कसरी गर्न सकिन्छ भन्ने किसिमबाट समस्या निर्धारण गरी तिनै समस्याको समाधान गरिएको छ । त्यसका लागि पुस्तकालयबाट प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरु सङ्कलन भएका छन् । प्राथमिक स्रोतका रुपमा रमेश दियालीद्वारा लिखित ‘छाप्रो नं. ५५’ उपन्यासलाई र द्वितीयक स्रोतका रुपमा डायोस्पोरिक सिद्धान्त तथा विश्लेषणीय आधारमा केन्द्रित सामग्रीलाई लिइएको छ । यसरी प्राप्त सामग्रीकै भरमा यहाँ विश्लेषण प्रक्रिया अगि बढाउन नेपाली डायस्पोरिक उपन्यास विश्लेषण सम्बन्धी सैद्धान्तिक आधारहरु चयन गरिएका छन् । यसरी स्थापित डायस्पोरिक सिद्धान्तका आधारमा विश्लेषण गरिएको यो आलेख गुणात्मक प्रकृतिको बनेको छ । भुटानी शरणार्थीका लागि नेपाली र अमेरिकी दुवै परिवेशको जीवन भोगाइ उस्तै डायस्पोरिक रहेको र ‘छाप्रो नं ५५’ उपन्यासमा समेत यस्तै प्रवृत्ति पाइएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF (नेपाली)
7

Published

2023-12-31

How to Cite

Niroula , K. (2023). छाप्रो नं. ५५ उपन्यासमा डायस्पोरिक प्रवृत्ति. New Journey, 1(1), 75–85. https://doi.org/10.3126/njumc.v1i1.82911

Issue

Section

Articles