ग्रिसेली–रोमेली भाषिक तथा व्याकरणिक चिन्तन परम्पराको चर्चा
DOI:
https://doi.org/10.3126/njumc.v1i1.82906Keywords:
दर्शन, नियमवादी, भाषिक चिन्तन, व्याकरणिक चिन्तन, शुद्धतावादीAbstract
यो लेख पाश्चात्य भाषा, साहित्य, व्याकरण र दर्शनको विकासमा ग्रिसेली एवम् रोमेली प्राचीन व्याकरणले पुर्याएको योगदानको विश्लेषणमा केन्द्रित छ । सुकरात, प्लेटो, अरिस्टोटलजस्ता विद्वान्हरुद्वारा सिञ्चित ज्ञानको भूमिका रुपमा प्राचीन ग्रिक सुपरिचित छ । गुणात्मक ढाँचामा आधारित यस लेखमा ग्रिसेली–रोमेली भाषाको भाषिक एवम् व्याकरणिक चिन्तन परम्परा केकस्तो थियो र त्यसले अङ्ग्रेजी, इटालेली, फ्रान्सेली र स्पेनिसजस्ता पाश्चात्य आधुनिक भाषाहरुको व्याकरण निर्माण तथा विकासमा केकस्तो योगदान पुर्याए भन्ने कुराको समीक्षा गर्ने प्रयास गरिएको छ । यस अध्ययनमा खास गरी ग्रिसेली तथा रोमेली भाषिक चिन्तनसँग सम्बन्धित विभिन्न नेपाली विद्वान् हरुका पुस्तक, लेखहरु, अनलाइनमा प्राप्त विभिन्न सामग्री आदि द्वितीयक स्रोतबाट सङ्कलन गरी त्यसैका आधारमा ती भाषिक चिन्तनको चर्चा र त्यसले पारेको प्रभावमाथि प्रकाश पार्ने प्रयास गरिएको छ । तसर्थ ग्रिसेली–रोमेली भाषा र व्याकरणको संक्षिप्त परिचय उल्लेख गरी तिनले पश्चिमी भाषा र व्याकरणको उन्नयनमा पुर्याएको योगदानको समीक्षा गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ ।