छिमेकी कथामा सीमान्तीयता

Authors

  • Umakanta Neupane

DOI:

https://doi.org/10.3126/njumc.v1i1.82899

Keywords:

किनारीकृत, नवमाक्र्सवाद, प्रभुत्व, बहिष्करण, सबाल्टर्न, सीमान्तीयता

Abstract

यस लेखमा कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित छिमेकी कथामा रहेको सीमान्तीयताबारे अध्ययन गरिएको छ । सीमान्तीय दृष्टिकोणबाट अध्ययन गर्ने क्रममा यहाँ निगमनात्मक विधिको रूपमा स्थापित मान्यताहरूलाई अनुसरण गरिएको छ । सीमान्तीयताका प्रमुख सैद्धान्तिक स्वरूपहरूमा वर्गीय, चेतनागत, परिवेशगत र जातीय आधारबाट छिमेकी कथाको विश्लेषण गरिएको छ । यसैले विश्लेषणको प्रस्तुतीकरणमा वर्णनात्मक शैली अपनाइएको छ । प्रस्तुत अध्ययनमा सीमान्तीय सिद्धान्तका दृष्टिले छिमेकी कथाका अभिलक्षणहरू निरूपण गर्नु र सीमान्तीय दृष्टिबाटै छिमेकी कथाको मूल्याङ्कन गर्नुलाई प्रमुख समस्या वा उद्देश्यको रूपमा लिइएको छ । छिमेकी कथामा धनी र गरिब गरी दुई वर्गका पात्र पाउन सकिन्छ । धनी र गरिबको वर्गीय स्वरूपलाई कथित जातीय आधारमा पनि मिलान गर्ने गरी कथाकार गुरुप्रसाद मैनालीले यस कथाको विन्यास गरेका छन् । यो तत्कालीन नेपाली समाज सुहाउँदो विषयसन्दर्भ मानिन्थ्यो । गाउँका सरल तथा गरिब पात्रको रूपमा गुमाने र धनजिते देखा परेका छन् भने धनी वर्गका रूपमा धर्मानन्द पाध्ये र आशामरु साहु देखा परेका छन् । वर्गसँगै कथित उच्च जातिमा पहाडी खसआर्यका धर्मानन्द पाध्ये र नेवारी जातिका आशामरु देखा पर्दछन् । त्यस्तै शिक्षित र अशिक्षितजस्ता चेतनागत आधारमा र ग्रामीण तथा सहरी क्षेत्रको परिवेशत आधारमा पनि सीमान्तीयता पाउन सकिन्छ । कथामा आएका गुमाने र धनजिते प्रमुख सीमान्तीय पात्र हुन् । उनीहरूको केन्द्रीयतामा नै वर्गीय, जातीय, चेतनागत र परिवेशगत आधारका सीमान्तीय स्वरूप देखा परेको पाइन्छ । त्यसैले कथाकार गुरुप्रसाद मैनालीले लेखेको छिमेकी कथालाई समयानुकूल सीमान्तीय दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी ठहर्छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF (नेपाली)
9

Published

2023-12-31

How to Cite

Neupane , U. (2023). छिमेकी कथामा सीमान्तीयता . New Journey, 1(1), 86–93. https://doi.org/10.3126/njumc.v1i1.82899

Issue

Section

Articles