इस्मालीको ‘गाउँको माया’ कथामा भाषिक विचलन
DOI:
https://doi.org/10.3126/njumc.v1i1.82871Keywords:
अग्रभूमि, ध्वनिप्रक्रियात्मक, भाषिक विचलन, भावाभिव्यक्ति, भाषिक सौन्दर्यAbstract
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित ‘गाउँको माया’ कथाको भाषिक विचलनको सैद्धान्तिक आधारबाट विश्लेषण गरिएको छ । अग्रभूमि निर्माणको एउटा प्रमुख उपाय मानिने भाषिक विचलन शैलीविज्ञानसँग सम्बद्ध छ । भाषिक विचलनका माध्यमद्वारा कुनै पनि साहित्यिक कृतिको सामान्य, अतिपरिचित एवम् सनातनी प्रयोगका सट्टा नवीन, विशिष्ट र आकर्षक बनाउने उद्देश्य लिइएको हुन्छ । यस लेखमा भाषिक विचलनको सैद्धान्तिक पर्याधार निर्माणका लागि जियोफ्री एन. लिचको सन् १९६९ मा प्रकाशित अ लिङ्गुविस्टिक गाइड टु इट्स इङ्लिस पोयट्री पुस्तकमा भएको भाषिक विचलनका प्रकारहरूलाई आधारस्रोतको रूपमा लिई इस्मालीद्वारा लिखित ‘गाउँको माया’ कथाभित्रको भाषिक विचलनबारे विश्लेषण गरिएको छ । यसैले प्रस्तुत अध्ययनको प्राथमिक सामग्रीको रूपमा इस्मालीद्वारा लिखित ‘गाउँको माया’ कथालाई लिइएको छ भने द्वितीयक मूल स्रोत सामग्रीको रूपमा लिचको ‘अ लिङ्विस्टिक गाइड टु इङ्लिस पोयट्री⁄ पुस्तकलाई आधार बनाइएको छ । लिचले उक्त पुस्तकमा साहित्यिक भाषाका आठ प्रकारका विचलनबारे चर्चा गरे गरिए तापनि प्रस्तुत आलेखमा भने कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेख–प्रक्रियात्मक र अर्थतात्त्विक विचलनलाई आधार मान्दै ‘गाउँको माया’ कथामा तिनको प्रयोगस्थितिबारे विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि अँगाले र लेखिएको यस लेखमा संकलित सामग्रीको विश्लेषणका लागि मूलतः पाठविश्लेषण विधि अवलम्बन गरिएको छ ।