इस्मालीको ”गाउँको माया“ कथामा सीमान्तीयता

Authors

  • Keshav Niroula

DOI:

https://doi.org/10.3126/njumc.v3i3.82801

Keywords:

मुखा, प्रभुत्व, वर्गीय विभेद, सबाल्टर्न, सीमान्तीयता

Abstract

कथाकार इस्मालीद्वारा लिखित वर्गद्वन्द्वमा आधारित सीमान्तीय प्रकृतिको कथा ‘गाउँको माया’ हो । यसमा नेपाली तराई क्षेत्रविशेषलाई केन्द्रबिन्दु बनाएर विषयगत, पात्रगत र परिवेशगत सीमान्तीयतालाई झल्काउने प्रयास गरिएको छ । यसकारण पनि उक्त सन्दर्भहरूको अवस्था केकस्तो रहेको छ भन्ने कुरा सीमान्तीयताको सैद्धान्तिक मान्यताअन्तर्गत रहेर विश्लेषण गरिएको छ । कथामा अभिजात वा धनाढ्य वर्गका रूपमा रहेका जमिनदारहरूले पुस्तौँपुस्तादेखि कसरी एउटा वर्गबाट न्यून पारिश्रमिकमा सेवा लिइरहेका छन् भन्ने मार्मिक दृष्टान्तको विश्लेषणसँग गाँसेर नै सीमान्तीयताको चरम स्वरूपबारे परिचर्चा गरिएको छ । त्यसक्रममा परिछन र बुधनाजस्ता पात्रहरू अथवा तिनैमध्येका शनिचर र फेकनजस्ता पात्रहरू उदाहरणीय बनेका छन् । तिनका अगिल्ला पुस्तादेखि वर्तमान हुँदै पछिल्ला पुस्तासम्मको सीमान्तीय अवस्थाबारेको यथार्थ र सम्भावना औँल्याइएको छ । शैक्षिक जागरणको अभावले कसरी सीमान्तीयताको विकृत स्वरूप देख्न पाइन्छ भन्ने दृष्टान्त प्रस्तुत गरिएको छ । किसनजस्तो एउटा आसलाग्दो सीमान्तीय वर्गको प्रतिनिधि पात्रका माध्यमबाट सीमान्तीय वर्गको परिवर्तनका लागि शैक्षिक चेतनाको आवश्यकता कतिसम्म रहन्छ भन्ने कुरा देखाइएको छ । यस्ता सीमान्तीय प्रसङ्गहरूको उत्खनन र विश्लेषणका क्रममा यस आलेखका लागि सीमान्तीयताको सैद्धान्तिक कसीलाई नै विशेष रूपमा उपयोग गरिएको छ । अतः विषयगत, पात्रगत र परिवेशगत सीमान्तीयतापूर्ण अवस्थाको विश्लेषणका क्रममा गुणात्मक विधिको उपयोग गर्दै प्रस्तुत कथामा सीमान्तीयताको जीवन्त अभिव्यक्ति पाइएको कुरा निष्कर्षस्वरूप प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF (नेपाली)
21

Published

2025-08-11

How to Cite

Niroula , K. (2025). इस्मालीको ”गाउँको माया“ कथामा सीमान्तीयता. New Journey, 3(3), 48–57. https://doi.org/10.3126/njumc.v3i3.82801

Issue

Section

Articles