स्थानीय तहमा पाठ्यक्रम निर्माणको आवश्यकता र कार्यान्वयनको प्रभावकारिता

Authors

  • Dilli Prasad Dahal

Keywords:

कार्यान्वयनको प्रभावकारिता, क्षेत्रगत अनुसन्धान

Abstract

स्थानीय तहमा पाठ्यक्रम निर्माणको आवश्यकता र निर्मित पाठ्यक्रम कार्यान्वयनको प्रभावकारितालाई यस अध्ययनमा प्रस्तुत गरिएको छ । विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा प्रत्यायोजन भएसँगै स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन एक महत्त्वपूर्ण नीतिगत अभ्यासका रूपमा अगाडि बढिरहेको छ । यस अनुसन्धानले स्थानीय पाठ्यक्रम निर्माणको आवश्यकता र विशेष गरी विद्यालय स्तरमा यसको कार्यान्वयनको वास्तविक प्रभावकारिता र तथ्यगत चुनौतीहरूको खोजी गरेको छ । यो अध्ययन गुणात्मक र परिमाणात्मक गरी मिश्रित अनुसन्धान पद्धतिमा आधारित छ । अध्ययनका लागि उद्देश्यमूलक नमुना छनोट विधिमार्फत स्थानीय पाठ्यक्रम लागु गरिएका ६ ओटा सामुदायिक विद्यालयका ६ जना प्रधानाध्यापक र २४ जना शिक्षकलाई प्राथमिक सूचनादाताका रूपमा छनोट गरी अर्धसंरचित अन्तर्वार्ता र कक्षाकोठा अवलोकन गरिएको छ । अनुसन्धानको निष्कर्षअनुसार नीतिगत रूपमा स्थानीय पाठ्यक्रम निर्माणको आवश्यकतालाई उत्साहजनक रूपमा स्वीकार गरिए तापनि व्यावहारिक कार्यान्वयनको तहमा गम्भीर विचलन देखिएको छ । स्थानीय पाठ्यक्रममा रैथाने ज्ञान, सिप र क्षमतालाई समावेश गर्नुको सट्टा स्थानीय सरोकारवालाको सहभागिताबिना कन्सल्टेन्सीहरुबाट पाठ्यक्रम खरिद गरी लागु गर्नाले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन भने नाम घोकाउने सतही किसिमका विषयवस्तुले स्थानीय पाठ्यक्रमको मर्मलाई ओझेल पारिरहेको छ । त्यसमा पनि विषयगत शिक्षक तालिमको अभाव, पाठ्यसामग्रीको अपर्याप्तता र अभिभावकको अङ्ग्रेजी तथा कम्प्युटर विषयप्रतिको अतिमोहका कारण स्थानीय पाठ्यक्रमको कार्यान्वयन पक्ष निकै कमजोर र सतही बनेको तथ्य अनुसन्धानले उजागर गरेको छ । स्थानीय पाठ्यक्रमको वास्तविक प्रभावकारिताका लागि पालिकास्तरमा पाठ्यक्रम परिमार्जन, प्राविधिक जनशक्ति, बजेट व्यवस्थापन र नियमित प्राज्ञिक अनुगमन संयन्त्रको स्थापना गर्नुपर्ने तथ्यको खोजविश्लेषण गरी निष्कर्ष निकालिएको छ 

Abstract
38
PDF (Nepali)
53

Downloads

Published

2026-10-07

Issue

Section

Articles

How to Cite

Dahal, D. P. (2026). स्थानीय तहमा पाठ्यक्रम निर्माणको आवश्यकता र कार्यान्वयनको प्रभावकारिता. New Journey, 4(4), 188-197. https://doi.org/10.3126/njumc.v4i4.100401