भक्तपुरको तलेजु भवानी पीठमा दिइने निकुथु बलि

Authors

  • Sangita Pancha Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

DOI:

https://doi.org/10.3126/nc.v18i1.78292

Keywords:

निकुथु, मूलगुठी, चगुठी, द्यःजू , साही

Abstract

प्रस्तुत लेखमा संरचनात्मक प्रकार्यवादी सिद्धान्तमा आधारित भएर भक्तपुर दरबार क्षेत्रको भवानी पीठमा महाअष्टमीका दिन दिइने बलि निकुथुको सांस्कृतिक अध्ययन गरिएको छ । भक्तपुरको तलेजु मन्दिर परिसरमा दशैंको महाअष्टमीका रातमा २५ ओटा राँगामध्ये २४ वटा तलेजुको मूलचोकमा र एउटा तलेजु भख्वाद्यःमा बलि चढाइन्छन् । यस अवसरमा ६ जना साहीहरूले राँगाको घाँटी रेटेर तथा रक्तनली निकालेर बलि दिन्छन् । तीमध्ये एउटालाई निकुथु भनिन्छ । निकुथु निक्खर कालो रबको, शरीरमा कुनै घाउचोट नभएको राँगोलाई मानिन्छ । भक्तपुर नगरकै ब्यासी टोलका वैद्य थरका मानिसहरूले कालरात्रिभन्दा केही दिन अघिदेखि त्यो राँगोलाई पालन पोषण गर्दछन् । अष्टमीको साँझ तलेजुबाट कर्माचार्य, साही र रंजितकार नयाँ डोरी र एक टिन तोरीको तेलसहित विधिवत रूपमा सो राँगो लिन जाने गर्दछन् । राँगालाई विधिवत रूपमा पूजा गरेपश्चात ।।।मु हाके’(पर्साउने) गर्नु पर्दछ । रांँगालाई कुनै कष्टबिना विस्तारै तलेजु भवानी पीठमा ल्याइन्छ । निकुथुको जात्रा र बलिदौरान राजोपाध्याय, जोशी, कर्माचार्य, चगुठी, मूलगुठी, साही र द्योला जातिको सहभागिता रहन्छ । बलिको क्रममा नगरको माथिल्लो भागमा बस्ने मूलगुठी र तल्लो भागमा बस्ने चगुठी थरका एक एक जना गुठियार तलेजुको प्रवेशद्वारको दायाँ बायाँ अर्धनग्न अवस्थामा हिंःफ्वद्यः (रक्त स्वीकार्य देवता)का रूपमा उपस्थित हुनु पर्दछ । यस विषयमा सामान्य अध्ययन भएतापनि निकुथु(राँगो) बलिसंँग सम्बन्धित साँस्कृतिक महŒव बारेमा कमै मात्र अध्ययन भएका छन् । तसर्थ यो लेखद्वारा उक्त अध्ययन रिक्ततालाई परिपूर्ति गर्ने प्रयास गरिएको हो । यस लेखमा इमाइल दुर्खिमको संरचनात्मक प्रकार्यवादी सिद्धान्त प्रयोग गरिएको छ । यस सिद्धान्तले समाजमा विभिन्न इकाइहरूबीच प्रकार्यात्मक सम्बन्ध हुन्छ भन्दछ । सामाजिक रूपमा व्यवहारिक मानिने यस सिद्धान्तले संस्कृतिको निर्माणसंगै त्यसको परिवर्तन र विकास हुँदै जान्छ भन्ने मान्यता राख्दछ । यस लेख तयारीमा गुणात्मक शोध विधि प्रयोग गरिएको छ । प्रस्तुत लेखमा तथ्याब्क प्राथमिक र द्वितीयक दुवै प्रकारका तथ्याब्क सब्कलन गरी प्रयोग गरिएका छन् । यसबाट सो समयमा कार्यविभाजनगरी जिम्मेवारी दिएको जानकारी प्राप्त भएको छ । साथै सामाजिक सहिष्णुता तथा धार्मिक अनुष्ठानको साथमा मानवलाई नै देवदेवीको रूपमा पुज्ने गरेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
117
PDF
55

Author Biography

Sangita Pancha, Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

She has several research papers published in the sectors of intangible cultural heritages. Her researches reflect her genuine devotion in the cultural heritage sectors.

Downloads

Published

2025-05-07

How to Cite

Pancha, S. (2025). भक्तपुरको तलेजु भवानी पीठमा दिइने निकुथु बलि. Nepalese Culture, 18(1), 91–108. https://doi.org/10.3126/nc.v18i1.78292

Issue

Section

Articles