प्राचीन नेपालको चिनतिब्बत सांस्कृतिक तथा आर्थिक सम्बन्ध

Authors

  • श्रीलोचन राजोपाध्याय शोधार्थीः एम्फिल, संस्कृति विभाग, त्रि.वि

DOI:

https://doi.org/10.3126/nc.v17i1.64424

Keywords:

भोट, भृकुटी, कपिलवस्तु, नरेन्द्रदेव, मञ्जुश्री

Abstract

भौगोलिक अवस्था अनुसार नेपाल भूपरिवेष्ठित राष्ट्र हो । उत्तर बाहेक अन्य तीन वटै दिशामा विशाल भारत छिमेकीको रुपमा रहेको छ । विश्वमान चित्रमा नेपाल दुई ठूला देशबीचमा अवस्थित छ । नेपालले यी दुवै छिमेकी राष्ट्रसँ पौराणिक कालदेखि नै सुमधुर सम्बन्ध राखेको देखिन्छ । तर यस अनुसन्धात्मक आलेखमा भने नेपालको चीनसँगको सम्वन्ध मात्र विश्लेषण भएको छ । स्वयम्भु पुराण नेपालको सुमधुर सम्बन्ध चिन तिब्बतसँग पौराणिक कालदेखि नै थियो । बुद्ध धर्म बारे थप ज्ञान हासिल गर्न चिनियाँ भिक्षु तथा तीर्थ यात्रीहरु गौतम बुद्ध जन्मेको नेपालको लुम्बिनी र कपिलबस्तु आउने क्रम सुरु भएको थियो । लिच्छवि कालका राजा अंशुवर्मा, उदय देव र नरेन्द्र देवको समयमा उत्तरी छिमेकीसँगको सम्वन्ध अझ बलियो रहेको देखिन्छ । प्राचीन कालमा नै राजा उदयदेव गुप्तहरुको दबाव झेल्न नसकि चीनको सरणमा गए । उनका छोरा नरेन्द्र देवले चीनकै सहयोगमा आफ्नो राज्य फिर्ता लिन सफल भए । यसरी आवश्यक परेको बेलामा छिमेकी देशले एक आपसमा सहयोगको भावना राखेको देखिन्छ । नेपालकी छोरी भृकुटी र तिब्बती बादशाहबीचको वैवाहिक सम्वन्धले पनि दुई देशबीचको आपसी सम्वन्ध कस्तो रहेको थियो भन्ने थाहा हुन्छ । त्यस समयमको अवस्थालाई विषय वस्तुको रुपमा लिइ यो सोध अध्ययन गरिएको हो । यो अध्ययन अन्वेषणत्मक प्रकृतिको गुणात्मक छ । यसमा यसमा द्वितीयक स्रोतलाई महत्व दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
123
pdf
58

Downloads

Published

2024-05-07

How to Cite

राजोपाध्याय श. (2024). प्राचीन नेपालको चिनतिब्बत सांस्कृतिक तथा आर्थिक सम्बन्ध. Nepalese Culture, 17(1), 142–156. https://doi.org/10.3126/nc.v17i1.64424

Issue

Section

Articles