पाँचथर स्थित हस्तपुर गढीको ऐतिहासिक अध्ययन {An Exploratory Study of Hastapur Gadi (Fort) of Panchthar}

Authors

  • Bhupal Sendang MPhil/Phd Scholar, Department of Culture, TU

DOI:

https://doi.org/10.3126/nc.v16i1.54152

Keywords:

हस्तपुरगढी, याङवरक थुम, लिम्बूवान, पल्लो किरात, थिन्दोलुङ खोयाहाङ

Abstract

नेपालको सुदुर पूर्वोत्तर भागमा पर्ने पाँचथर जिल्लाको उत्तरी भागमा अवस्थित याङवरक र हिलिहाङ गाउँपालिकाको सिमानामा हस्तपुर गढी रहेको छ । लिम्बूवानकालको पूर्वार्धमा स्थापना भएको यो गढी ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको छ । अध्ययनको क्रममा यस गढीमा धेरै पुराना पुरातात्विक भौतिक अवशेषहरु पाइएका छन् । हालसम्म पनि यस्तो महत्व बोकेको यस गढीको ऐतिहासिक तथा पुरातात्विक विषयमा कुनै खोज तथा अनुसन्धान हुन सकेको छैन । उक्त पृष्ठभूमिमा यस गढीको कहिले र कसले स्थापना गर्यो ? यस गढीमा के कस्ता ऐतिहासिक र पुरातात्विक वस्तुहरु रहेका छन् ? यस गढीका के कस्ता साँस्कृतिक पक्षहरु रहेका छन् ? भन्ने अनुसन्धान प्रश्नको जवाफ प्राप्त गर्ने उद्देश्यले यो अध्ययन गरिएको हो । हस्तपुर गढीको ऐतिहासिक तथा साँस्कृतिक पक्षको उद्घाटन गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । यो अध्ययन मुलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएकाले यसमा आवस्यक तत्थ्याङ्कहरु ऐतिहासिक स्रोतहरु प्रकाशित पुस्तक, वंशावली तथा दस्तावेजहरु र पुरातात्विक स्रोतहरु गढीको भौतिक अवशेषको अवोलोकनबाट संकलन गरिएका छन् । गढीको भौतिक अवशेषको रुपमा रहेको दरबारको भग्नावशेष, गढीको वरिपरी रहेका पुराना ढुङ्गे पर्खाल, गढी परिसरमा छरिएर रहेका इँटाका टुक्राहरु, जिर्ण मन्दिरका संरचनाहरु तथा गढीसँग सम्बन्धित निशान झण्डा, तोप, तरवार जस्ता बस्तुहरुलाई पनि तत्थ्याङ्क संकलनको आधार बनाइएको छ । कतिपय ऐतिहासिक तत्थ्यहरुको संकलन गढीको इतिहास र साँस्कृतिक पक्षसँग सम्बन्धित किम्बदन्ती, आख्यान र मौखिक इतिहासबाट संकलन गरिएका छन् । यी तथ्यहरुलाई ब्याख्या विश्लेषण गरेर हेर्दा हस्तपुर गढीको स्थापना र निर्माण आजभन्दा करिब नौसय बर्ष पूर्व नै लिम्बूवानकालमा भएको तत्थ्य उजागर हुन आएको छ । लिम्बूवान कालमा यस भेगका मानिसहरु आफ्नै परम्परागत पितृ तथा प्रकृतिपूजक धर्म–संस्कृतिमा रहेका र लिम्बू जातिको संस्कार (प्रथाजनित कानुन) अनुसार राज्य संचालनमा रहेको पाइएको छ । अध्ययनमा प्राप्त स्रोतहरुबाट लिम्बूवान राज्य गोर्खालीहरुद्वारा नेपालमा एकीकरण गर्नुपूर्व यस गढीमा प्रथम राजा थिन्दोलुङ खोयाहाङ र उनका सन्ततिहरुले झण्डै तीनसय बर्षसम्म र योङहाङ वंशी राजाहरुले लगभग साढे तीनसय बर्षसम्म शासन गरेको तत्थ्य समेत प्रकाशमा 

{Hastapur Fort is located on the border of Yangwarak and Hilihang Rural Municipality located in the northern part of Panchthar district in the far north-eastern part of Nepal.  This fort, which was established in the first half of the Limbuwan period, is important from the historical and archaeological point of view.  During the study, many old archeological physical remains have been found in this fort.  Until now, no exploration or research has been done on the historical and archeological issues of this fort, which carries such importance. Major research questions to explore are, when and who established this fort?  What historical and archaeological objects are there in this fort?  What are the cultural aspects of this fortress?  This study was conducted to answer the research question.  The main objective of this study is to inaugurate the historical and cultural aspects of Hastapur Fort.  The methodology of study is primarily a qualitative, historical based study of an exploratory nature, the necessary facts have been collected from historical sources, published books, genealogies and documents, and archaeological sources from the observation of the physical remains of the fort.  (the ruins of the palace) are the physical remains of the fort, the old stone walls around the fort, the dilapidated temple structures and the objects related to the fort, such as flags, cannons, and swords, are the primary sources of data. Other historical facts have been compiled from legends, narratives and oral histories related to the historical and cultural aspects of the fort.  The analysis of these facts, reveals that the establishment and construction of Hastapur Fort took place in the Limbuwan period, about ninety years ago. During the Limbuan period, it was founded by that the people who were involved in traditional ancestral and nature-worshipping religion and culture. They were running the state in accordance to the customary laws and rituals. The sources obtained reveals that the first king was Thindolung Khoyahang and his descendants ruled from this fort for nearly three hundred years and the king of Yonghang dynasty ruled for nearly three hundred and fifty years before the Limbuwan state was integrated into Nepal by the Gorkhas}.

Downloads

Download data is not yet available.
Abstract
41
pdf
39

Downloads

Published

2023-05-11

How to Cite

Sendang, B. (2023). पाँचथर स्थित हस्तपुर गढीको ऐतिहासिक अध्ययन {An Exploratory Study of Hastapur Gadi (Fort) of Panchthar}. Nepalese Culture, 16(1), 77–91. https://doi.org/10.3126/nc.v16i1.54152

Issue

Section

Articles