नेपाली शब्दकोशको परम्परामा प्रज्ञा नेपाली बृहत् शब्दकोश {Nepali Dictionary Tradition in Prajya Nepali Brihat Shabda Kosh}

Authors

  • Yagyeswara Niroula Associate Professor, Department of Nepali, Ratna Rajya Campus, TU

DOI:

https://doi.org/10.3126/nc.v16i1.54127

Keywords:

उपप्रविष्टि, नीडन विधि, संवर्ण, द्विरुक्त शब्द, अर्थविधान

Abstract

मानव जीवनको सम्पूर्ण क्रियाकलाप, चिन्तनमनन तथा अभिव्यक्तिहरूको सबैभन्दा सशक्त माध्यम भाषा हो । भाव तथा विचारको प्रस्फुटन एवम् सञ्चारका क्रममा भाषाले सामाजिक जीवनलाई गतिशील बनाउनुका साथै साहित्य तथा साहित्येतर ज्ञानविज्ञानको उचाइसम्म पु¥याउँने भाषाको अभिव्यक्ति क्षमता शब्दभण्डारको क्षमतामा निर्भर गर्छ । भाषामा भिजेका, खेलेका र रत्तिएका शब्दहरूकै समष्टि शब्दभण्डार हो । भाषाको सञ्चार सामथ्र्यको मापन गर्ने मूल आधार पनि शब्दभण्डार नै हो । शब्द सम्पन्नता र अर्थ वहन गर्ने क्षमताले भाषालाई जीवन्त तुल्याउँछ । शब्दकोश भाषाको शब्दभण्डारको सूचक भएकाले हरेक समृद्ध भाषामा शब्दकोश निर्माण गरिएका हुन्छन् । शब्दकोश भाषा सम्पन्नताको द्योतक पनि हो ।
आर. एल. टर्नरले नेपाली शब्द प्रविष्टि र अङ्ग्रेजी भाषामा अर्थ लेखिएको ‘नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश’ सन् १९३१ मा प्रकाशन गरे । नेपाली भाषाको शब्दकोश लेख्ने पहिलो नेपाली विद्वान् पुष्कर शमशेर हुन् र उनको ‘अङ्ग्रेजी–नेपाली कोश’ प्रकाशित छ । चक्रपाणि चालिसेका ‘बगली कोश’ र ‘पर्यायवाची कोश’, हृदयचन्द्र सिंह प्रधानको ‘चिह्न परिचय’ र ‘शब्दशुद्धि विचार’, रामचन्द्र ढुङ्गानाको ‘नेपाली कोश’ आदिको प्रकाशनले नेपाली शब्दकोश निर्माणको पद्धति विकास हुँदै गयो । यसै परम्परामा वि.सं. २०१९ मा प्रकाशित बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’ को पृष्ठभूमिमा २०४० सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली बृहत् शब्दकोश’ प्रकाशन भयो । यसपछि प्रकाशित नेपाली भाषामा ठुला आकारका अरू शब्दकोश वसन्तकुमार शम्र्मा नेपालको ‘नेपाली शब्दसागर’, आर.डी. प्रभास चटौतको ‘डोट्याली बृहत् शब्दकोश’, हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराईको ‘प्रयोगात्मक नेपाली शब्दकोश’, चूडामणि गौतमको ‘बृहत्तर नेपाली शब्दकोश’ र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ उल्लेखनीय छन् । यस अनुसन्धानात्मक लेखमा पुस्तकालयीय पद्धतिबाट हालसम्मकै बृहत् आकारमा रहेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’लाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ र कोशविज्ञानको सैद्धान्तिक पर्याधारमा

{Language is the most powerful medium for human activities, expression of thoughts and deep contemplation. To make the social life dynamic, more expressive and meaningful, as well as to extend the horizon of literature and non- literary knowledge in its peak, the storage capability of vocabulary becomes the determinant factor. Lacking of it, lacks what is intended. Vocabulary itself examines communication skill. It is the integrated from of comprehended, played and used words. The efficiency and sufficiency of the word that carries the intended or denoted meaning makes the language alive. As dictionary is the indicator to show the storage of vocabulary, in each rich and rigorous languages dictionary are developed.

R.L Turner published a comparative and etymological dictionary of the Nepali language in 1931 with Nepali word entries and English meanings. Puskar Shamsher is the first person who published Nepali- English dictionary. The publication of Chakrapani Chalise's 'Bagali Kosh' and Prayavachi Kosh, Hridaya Singh Pradhan's ‘Chinha Prichaya' and 'Shabdashuddi Bichar', Ramchandra Dhungana's ‘Nepali Kosh, etc., laid the milestones for the system of developing Nepali dictionary.

Followed by the tradition mentioned above, and ‘Nepali Shabdakosh’ published by Balchandra Sharma in 2019, Nepal Royal Academy published ‘Nepali Brihat Sabdakosh in 2040 B.S.   Then, the other remarkable dictionaries in Nepali language are:  Basant Kumar Sharma's 'Nepali Shabdsagar', RD Chataut's 'Dotyali Comprehensive Dictionary', Hemangraj Adhikari and Badribishal Bhattarai's 'Prayogatmak Nepali Shabdakosh', Chudamani Gautam's 'Brihat Nepali Dictionary', and 'Pragy Nepali Brihat Shabdakosh' published by Nepal Academy. In this research article, 'Pragya -Nepali Brihat Shabdakosh ', which is the largest ever, has been used as primary source from the library. And its strong and weak aspects of this dictionary have been analyzed. Lastly, the conclusions have been drawn based on the theoretical framework}.

Downloads

Download data is not yet available.
Abstract
216
pdf
105

Downloads

Published

2023-05-11

How to Cite

Niroula, Y. (2023). नेपाली शब्दकोशको परम्परामा प्रज्ञा नेपाली बृहत् शब्दकोश {Nepali Dictionary Tradition in Prajya Nepali Brihat Shabda Kosh}. Nepalese Culture, 16(1), 53–64. https://doi.org/10.3126/nc.v16i1.54127

Issue

Section

Articles