हिलेपानी गाउँमा वाम्बुले पितृकार्य खाउमा {Babbule Patriarchal Ritual Khauma at Hilepani Village}

Authors

  • प्रदिपकुमार Pradeep Kumar राई Rai Central Dept. of Nepalese History Culture & Archaeology

DOI:

https://doi.org/10.3126/nc.v15i1.48578

Keywords:

रिनुखा, जाउमा, ची, खाक्चिलुक्पा, ख्लिउमा, सुम्दी, सुम्दी–सिली, सुरिम

Abstract

‘खाउमा’ किरात वाम्बुले राई समुदायले सम्पन्न गर्ने विभिन्न रीतिथितिहरूमध्ये एक मुख्य पितृकार्य तथा संस्कार हो । यो पितृकार्य परिवारका कुनै सदस्यको मृत्यु भएको वर्ष ‘बर्खान्त’को रूपमा ‘कुयामो खाउमा’ (अशुभ पितृकार्य) भनेर र घर–परिवारमा सुख–शान्ति छाओस् भनेर वा विवाह कर्म वा नयाँ घर निर्माण कार्य सम्पन्न भएको वर्ष वा घरपरिवारमा सुख–शान्ति छाओस् भनेर दुई-चार वर्षको अन्तरालमा ‘फूरी खाउमा ‘(शुभ पितृकार्य) भनेर सम्पन्न गर्ने गरिन्छ । यो पितृकार्य मानव सभ्यता र सृष्टिको मिथकसँग जोडिएको परापूर्वकालदेखि मानिँदै आइएको एक पुरानो संस्कृति हो । यो सम्पन्न गर्न ठ्याक्कै तीन दिन समय लाग्दछ, जुन निकै खर्चिलो पनि छ । खाउमा वाम्बुले राई जातिको परिचय दिने एक मौलिक संस्कृति हाे । तर धर्म तथा संस्कृति परिवर्तन हुँदै जाने कारण यस्ताे संस्कृति लाेप हुने पनि सम्भावना छ । अलिखित मुन्धुम विधिमा आधारित यस संस्कारको अध्ययन ओखलढुङ्गा जिल्लाको हिलेपानी गाउँमा गरिएकाे हाे । याे संस्कृति हाल लोपोन्मुख अवस्थामा पुगेकाे छ । मुख्य मुन्धुमी कुलगुरु (नाक्सो) नहुनु, कतिपय सामग्री प्राकृतिक रूपमै नपाइनु, चौतारो बनाउन र सुम्दी–सिली नाच्नलाई समेत अर्को गाउँको संस्कृतिकर्मी ल्याउनु पर्ने परिस्थिति आउनु जस्ता कारणले हिलेपानी गाउँमा खाउमा लगायत अन्य परम्परागत् मुन्धुमी संस्कार–संस्कृतिहरू लोप हुने खतरामा रहेको सङ्केत गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
51

Author Biography

प्रदिपकुमार Pradeep Kumar राई Rai, Central Dept. of Nepalese History Culture & Archaeology

Central Dept of Nepalese History Culture & Archaeology

विद्यावारिधि शोधार्थी, त्रि.वि

Downloads

Published

2022-10-10

How to Cite

राई Rai प. P. K. (2022). हिलेपानी गाउँमा वाम्बुले पितृकार्य खाउमा {Babbule Patriarchal Ritual Khauma at Hilepani Village} . Nepalese Culture, 15(1), 125–140. https://doi.org/10.3126/nc.v15i1.48578

Issue

Section

Articles