कीर्तिपुर क्षेत्रका लिच्छविकालीन मानव बस्तीहरू Kirtipur Kshetraka Lichhavikalin Manav Bastiharu
DOI:
https://doi.org/10.3126/nc.v14i0.35425Keywords:
कीर्तिपुर, लिच्छविकालीन मानव बस्ती, लिच्छविकालीन मूर्ति, लिच्छविकालीन चैत्य, लिच्छवि अभिलेख ।Abstract
काठमाण्डांै उपत्यकाको दक्षिण पश्चिम क्षेत्रको डाँडोमा कीर्तिपुरसहर अवस्थित छ । पुरानो नेवार बस्ती र उनीहरूको भौतिक संस्कृतिका दृष्टिले समेत यो सहर सम्पन्न रहेको छ । सहरको ऐतिहासिकताको बारेमा वंशावलीहरूले यो सहर पूर्व मध्यकालमा राजा शिवदेवले निर्माण गरेको बताएको पाइन्छ । अध्ययनको क्रममा भने यस सहरका धेरै ठाउँमा लिच्छविकालका भौतिक अवशेषहरू पनि पाइएका छन् । हालसम्म पनि यो सहरमा नेपालको स्वर्ण युग मानिने लिच्छविकालमा मानव बसोबास रहेको थियो वा थिएन भन्ने विषयमा कुनै खोज हुन सकेको छैन । यसै पृष्ठभूमिमा यस क्षेत्रमा लिच्छविकालमा मानव बसोबास थियो वा थिएन ?, यदि मानव बसोबास रहेको भए कुन कुन क्षेत्रमा मानव बसोबास रहेको थियो ? भन्ने शोध प्रश्नको उत्तर खोज्ने उद्धेश्यले यो अध्ययन गरिएको हो । यस आलेखमा कीर्तिपुर क्षेत्रमा लिच्छविकालमा विकसित मानव बस्तीहरूको पहिचानलाई मुख्य उद्धेश्य बनाइएको छ । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरू ऐतिहासिक तथा पुराताŒिवक स्रोतहरूबाट संकलन गरिएको छ । विशेष गरेर लिच्छविकालीन मानव बस्तीको खोजी गर्नका लागि लिच्छवि अभिलेखहरूको अवस्थिति र अभिलेखमा वर्णित ठाउँ सम्बन्धी विवरणहरूबाट कतिपय तथ्यहरू संकलन गरिएको छ । त्यसबाहेक पुराताŒिवक अन्वेषणबाट भेटिएका लिच्छविकालीन भौतिक अवशेष विषेशगरी मूर्ति, सालिक वा अन्य वास्तुसंरचनालाई पनि तथ्य संकलनको आधार बनाइएको छ । पुरानो मानव बसोबासको सङ्केत गर्ने कतिपय मौखिक परम्परा वा किंवदन्तीहरू तथा आख्यानहरूबाट पनि केही तथ्यहरू संकलन गरिएको छ । यसबाहेक पूर्व प्रकाशित पुस्तक, लेख आदि द्वितीय स्रोतहरूबाट पनि आवश्यक तथ्यहरू संकलन गरिएको छ । यी तथ्यहरूलाई व्याख्या विश्लेषण गरेर हालको कीर्तिपुर क्षेत्रमा रहेका मानव बस्तीहरू मध्ये बाघभैरव, उमामहेश्वर क्षेत्र, चोभार, चारघरे, खाःसि बजार क्षेत्र र ट्याङ्ला क्षेत्रमा लिच्छविकालमा मानव बसोबास रहेको तथ्य यस लेखको माध्ययमबाट प्रकाशमा ल्याइएको छ । यस बाहेक यहाँका पुराना भनिएका पाँगा, इटागोल आदि बस्तीहरू मध्यकालमा मात्र विकसित भएको तथ्य पनि यस अध्ययनबाट प्रकाशमा आएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University