बान्तावा राई संस्कारमा सुप्तुलुुङको महत्व Bantawa Rai sanskarma Suptulungko Mahatwa
DOI:
https://doi.org/10.3126/nc.v13i0.27502Keywords:
बान्तावा राई Bantawa rai, सुुप्तुलुुङ Suptulung, पितृ pitri, नङ वात्मा Nang watma, चापमा Chapama, फोप्पी पमा Phoppi Pama, आत्मा aatmaAbstract
सुुप्तुुलुुङ (सामान्य बोलीचालीको नेपाली भाषामाचुलो) को महत्व बान्तावा राई संस्कारमा खाना पकाउने प्रविधिको रूपमा भन्दा पनि बढी आस्थागत स्थानको रूपमा रहेको पाइन्छ । उनीहरू आफ्ना पितृहरूलाई आस्थाको भगवान मान्ने गर्दछन् । बान्तवा राईहरूको विश्वासमा पितृहरू सुुप्तुुलुुङमा निवास गर्दछन् । यिनै पितृहरूले नै हरेक शुुभकार्यमा शुभआशिर्वाद प्रदान गर्दछन् भने प्रगतितर्फ उन्मुख हुन प्रेरणाको लागि साथ दिन्छन् । अन्नबाली लगाउँदा होस् वा उठाउँदा होस्, शिशुु जन्मदा होस् वा पास्नी गर्दा होस्, छेवर, गुन्यूँचोली संस्कार गर्दा होस् वा विवाह गर्दा होस् । त्यसरी नै मृत्युु संस्कार गर्दा होस् वा अन्य सांस्कृतिक कार्यहरू सम्पन्न गर्दा होस् । कुनै पनि कार्यहरू प्रारम्भ, संचालन र समापन गर्नको लागि सुुप्तुुलुुङको महत्वपूर्ण भूूमिका रहेको हुुन्छ । हरेक अवसरहरुमा सुुप्तुुलुुङमा बस्ने पितृहरूको पूजा गर्नुका साथै उनीहरूको भाग सुप्तुलुुङमा चढाउने गर्दछन् ।
शिशुु जन्मेपछि सुुप्तुुलुुङमा देखाउँदै पितृहरुसँग संरक्षणको लागि प्रार्थना गरिन्छ । बाल्यसंस्कारको रुपमा गरिने पास्नीमा शिशुुलाई खाना खुुवाउन प्रारम्भ गरेको र छेवर तथा गुन्युुचोली दिन लागेको समेत पितृहरुलाई जानकारी दिइन्छ । विवाह संस्कारमा माइतीको सुप्तुुलुुङबाट छोरीलाई निकालिन्छ भने बिहे घरको सुुप्तुलुङमा बुहारीको रुपमा प्रवेश गराइन्छ । अन्त्येष्टि संस्कारमा पनि सहज मृत्युु भएकाको आत्मालाई सुुप्तुुलुुङमा प्रवेश गराइन्छ र पितृ वा भगवानको रुपमा पुुजिन्छ । दुर्घट्ना परेर मृत्युु भएकाहरुको आत्मालाई पिशाच मानिन्छ र सुुप्तुुलुुङ बाहिर स्थानमान दिइन्छ । यसरी बान्तावा राई संस्कारमा सुुप्तुुलुुङको स्थानमान र महत्व, जीवन शैलीको अपरिहार्य अंगका रुपमा स्थापित भएकोे पाइन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University