प्राचीन शिक्षण पद्धति र हस्तलिखित ग्रन्थ Prachin Shikshan Padhdwati ra Hastalikhit Grantha

Authors

  • कमला Kamala दाहाल Dahal

DOI:

https://doi.org/10.3126/nc.v13i0.27498

Keywords:

ग्रन्थ grantha, लेखन सामग्री Lekhan samagri, कथ्य–श्रव्य–परम्परा Kathya-shrabya-Parampara, ग्रन्थ सुरक्षा Grantha surakshya, ग्रन्थ लेखन अभ्यास Grantha Lekhan Abhyas

Abstract

शिक्षाको महइभ्व प्राचीन कालदेखि नै रहिआएको छ । प्राचीन वैदिक युगदेखि नै शिक्षा लिनेदिने कार्यलाई विशेष महत्व दिने गरिएको थियो तथ्य विभिन्न प्राचीन शास्त्रहरूले शिक्षाको महइभ्वबारे विस्तारपूर्वक गरेको चर्चा बाट स्पष्ट हुन्छ । शिक्षा दिने भएको हुँदा प्राचीन शास्त्रहरूले गुरुलाई बाबुआमा भन्दा पनि उच्च स्थानमा राखेर वर्णन गरेका छन् । यी सवै तथ्यहरूबाट प्राचीन युगदेखि नै शिक्षाको महत्व रहिआएको स्पष्ट हुन्छ । वर्तमान समयमा शिक्षा लिने दिने विषयकोे एउटा महत्वपूर्ण पक्ष पाठ्यपुस्तक भए पनि विगतमा यस्तो थिएन । लेखनकलाको उत्पत्ति नभएका कारणले ज्ञानको एक मात्र स्रोत गुरु नै थिए । गुरुकूलमा नै शिक्षा लिन सकिन्थ्यो ।
गुरु र शिष्यको सम्पर्क गुरुकुलमा नै हुन्थ्यो । उपनयन संस्कार सम्पन्न गरेको बालकलाई गुरुकुल (गुरुको निवासस्थल) मा शिक्षा ग्रहण गर्न पठाइन्थ्यो । लामो समयसम्म ऊ गुरुको आश्रममा नै रहनुपर्दथ्यो । समाजमा ख्यातिप्राप्त वरिष्ठ शिक्षकहरूको निवासमा नै आफ्ना छोराहरूलाई शिक्षा ग्रहण गर्न पठाउने गरिन्थ्यो । नेपालको प्राचीनकालको इतिहासको अध्ययन गर्दा यहाँ पनि गुरुकूलको अस्तित्वको आभास पाइन्छ ।
लेखनकलाको उत्पत्ति भएपछि श्रुति परम्पराबाट जीवित रहेका वेदपुराण जस्ता ज्ञानका भण्डारलाई लिपिबद्ध गर्न थालियो । अव ग्रन्थका रूपमा वेद पुराणहरू देखिन थाले । तर ग्रन्थ तयार गर्न सजिलो भने थिएन । वडो कष्टले लामो समय लगाएर एकप्रति पुस्तक तयार गर्न सकिन्थ्यो । सानातिना पुस्तक ग्रन्थ एउटै मात्र तयार गर्न पनि महिनौँ लाग्दथ्यो । नेपालमा मल्लकालीन शासकहरू र उच्च भाइभारदारहरूले सयौँको सङ्ख्यामा पुस्तक सार्ने, सार्न लगाउने तथा अन्य तरिकाबाट सङ्ग्रह गर्नेजस्ता कार्यहरू गरेका छन् । नेपालको राष्ट्रिय अभिलेखालय र अन्य संग्रहालयमा समेत यस्ता अनगिन्ति हस्तलिखित ग्रन्थहरू सुरक्षित रहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
721
pdf
746

Downloads

Published

2019-12-02

How to Cite

दाहाल Dahal क. K. (2019). प्राचीन शिक्षण पद्धति र हस्तलिखित ग्रन्थ Prachin Shikshan Padhdwati ra Hastalikhit Grantha. Nepalese Culture, 13, 13–28. https://doi.org/10.3126/nc.v13i0.27498

Issue

Section

Articles