मगरभाषी विद्यार्थीको भाषिक अपसरण {Linguistic drift of Magar-speaking students}
DOI:
https://doi.org/10.3126/mrj.v5i01.73533Keywords:
अपसरण, सम्मिलन, मातृभाषा, सुषुप्त, भाषिक समुदायAbstract
प्रस्तुत अध्ययन मगरभाषी विद्यार्थीको भाषिक अपसरणसँग सम्बन्धित छ । आंशिक रूपमा केही परिमाणात्मक तथ्याङ्क भए तापनि यस अध्ययनको ढाँचा गुणात्मक रहेको छ । क्षेत्रीय अध्ययन विधिमा आधारित प्रस्तुत अध्ययनको तथ्याङ्क सङ्कलन अन्तर्वार्ता र समूह छलफलबाट गरिएको छ भने केही आवश्यक तथ्याङ्क पुस्तकालय कार्यबाट समेत सङ्कलन गरिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत मगरभाषी विद्यार्थीलाई सम्भावनारहित नमुना छनोटअन्तर्गत सुविधाजनक नमुना छनोट विधिको उपयोग गरी ३० जना विद्यार्थीको नमुना छनोट गरिएको छ । सङ्कलन गरिएका सामग्रीलाई अध्ययनको उद्देश्य अनुसार विभिन्न शीर्षक–उपशीर्षकहरू अन्तर्गत पूर्वकार्य तथा सन्दर्भ पुस्तकका आधारमा शाब्दिक तथा तार्किक ढङ्गले वर्णणात्मक रूपमा व्याख्या विश्लेषण गरिएको छ । मगरभाषी विद्यार्थीमा भाषा प्रयोगका विभिन्न क्षेत्रका आधारमा अध्ययन गर्दा आफ्ना मातृभाषाभन्दा नेपाली भाषाको नै अधिक प्रयोग गर्ने गरेको पाइयो । यसरी प्रस्तुत अध्ययनमा ९० प्रतिशत मगरभाषी विद्यार्थी नेपाली भाषातिर अपसरित भइसकेको देखिन्छ । यो अवस्था आउन नदिन र अल्पसङ्ख्यक समुदायका भाषा संरक्षणका लागि राज्यले भाषिक अपसरणमा नियन्त्रण गर्नु आवश्यक छ । राज्यले नै मातृभाषाको संरक्षण र संवद्र्धनमा विशष चासो वा प्राथमिकता दिएर प्रभावकारी रूपमा काम गर्ने हो भने मगर भाषामात्र नभएर अन्य मातृभाषाको समेत संरक्षण र विकास हुने देखिन्छ ।