कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}

Authors

  • रजनी Rajani ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/mrj.v4i01.61722

Keywords:

ट्रासवुमन, तेस्रोलिङ्गी, दमित पुरुष, नारीवादी चेतना, पितृसत्ता, अन्तर्य

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा अर्चना थापाको कठपुतला कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई ती कथामा समाजले नारी, पुरुष र तेस्रोलिङ्गीका व्यक्तिलाई गरेको विभेदी लैङ्गिक व्यवहारका विभिन्न पक्षको विश्लेषण गरिएको छ । कठपुतलाका कथा लैङ्गिक चेतनाका कोणबाट महत्वपूर्ण रहेका र तिनका अन्तर्यमा नारीमाथिको दमन र त्यसका विरुद्ध निर्माण भएको चेतनाको स्वर, दमनमा परेका पुरुषका पीडा र तेस्रोलिङ्गीका समस्या के कसरी समेटिएका छन् भन्ने कुराको खोजी गरिएको छ । यसका लागि लैङ्गिकताको सिद्धान्तका आधारमा लैङ्गिक अध्ययनका आधारभूत मान्यतालाई कथा विश्लेषणका ढाँचाका रूपमा आलम्बन गरी कथाबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । यसका निम्ति कठपुतलाका आठवटै कथाको सघन पठन गरी लैङ्गिकताको विश्लेषण गर्न नारी र पुरुषमाथि हुने गरेको पितृसत्ताको दमन, नारीवादी प्रतिरोधी चेतनाको निर्माण, तेस्रोलिङ्गीमाथि गरिने सामाजिक विभेदको अवस्थालाई अध्ययनको आधार बनाइएको छ । कठपुतलाका कथाहरूमा पितृसत्ताको विरोध गरी नारी र पुरुषमाथि हुने विभेद र दमनका विरुद्ध सशक्त आवाज उठाइएको र परम्परागत लिङ्ग व्यवस्थाका आडमा ट्रासवुमनप्रति अझ थप हिंसा हुने तथ्य प्रस्तुत गर्दै त्यस सङ्ग्रहका कथाले लैङ्गिक चेतनाको निर्माणमा सशक्त आवाज प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
33

Author Biography

रजनी Rajani ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

सहप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

ढकाल Dhakal र. R. (2023). कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}. Mangal Research Journal, 4(01), 71–84. https://doi.org/10.3126/mrj.v4i01.61722

Issue

Section

Articles