शिक्षार्थीको सक्षमता विकास र पृष्ठपोषणमा आन्तरिक मूल्यांकनको भूमिका{The Role of Internal Assessment in Developing and Nurturing Learner Competencies}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal

DOI:

https://doi.org/10.3126/mrj.v1i01.52099

Keywords:

आन्तरिक मूल्याङ्कन, शैक्षणिक सक्षमता, पृष्ठपोषण, भूमिका, अभिमत

Abstract

यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र, स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनको विश्वसनीयता तथा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । यसमा क्षेत्रीय सर्वेक्षण विधि उपयोग गरिएको छ भने उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तहमा अध्यापनरत २५ जना शिक्षक तथा उक्त तहमा अध्ययनरत १०० जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूबाट प्राप्त अभिमतको विश्लेषण गरिएको छ । यस अध्ययनबाट विद्यार्थीहरूमा शैक्षणिक सक्षमता विकासमा आन्तरिक मूल्याङ्कनको उच्च महत्वो रहेको निचोड प्राप्त भएको छ । उक्त कथनमा शिक्षकको ८४ प्रतिशत र शिक्षार्थीको ८३ प्रतिशत सकारात्मक मत प्राप्त भएको छ । यसले शैक्षणिक सक्षमता विकास गर्नमा आन्तरिक मूल्याङ्कनको भूमिकाप्रति शिक्षक एवम् शिक्षार्थी विश्वस्त भएको प्रमाणित गर्दछ । त्यस्तै, आन्तरिक मूल्याङ्कन प्रक्रियाबाट शिक्षण सिकाइ प्रक्रियामा पनि पृष्ठपोषण प्राप्त भएको जनाइएको भए पनि पूर्ण सन्तुष्ट हुन नसकिने अभिमत प्राप्त भएको छ किनभने यस कथनमा ७७ प्रतिशत शिक्षार्थी सकारात्मक देखिनु अपेक्षाकृत भए पनि शिक्षक जम्मा ६० प्रतिशत मात्र सकारात्मक देखिएका छन्। आन्तरिक मूल्याङ्कनले शिक्षार्थीमा पर्याप्त पृष्ठपोषणसहित प्राप्त भएको सवालमा शिक्षकका तुलनामा १७ प्रतिशत शिक्षार्थी बढी सकारात्मक रहेको निष्कर्ष प्राप्त भएको छ । यसरी आन्तरिक मूल्याङ्कनले शैक्षणिक सक्षमता विकासका तुलनामा पर्याप्त पृष्ठपोषण प्रदान गर्न नसकेको नतिजा प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
17

Downloads

Published

2020-12-31

How to Cite

खनाल Khanal र. R. (2020). शिक्षार्थीको सक्षमता विकास र पृष्ठपोषणमा आन्तरिक मूल्यांकनको भूमिका{The Role of Internal Assessment in Developing and Nurturing Learner Competencies}. Mangal Research Journal, 1(01), 84–95. https://doi.org/10.3126/mrj.v1i01.52099

Issue

Section

Articles