नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}

Authors

  • शान्ता Shanta उपाध्याय Upadhyay

DOI:

https://doi.org/10.3126/mrj.v3i1.51714

Keywords:

औसत आयु, जेरेन्टोलोजी, ज्येष्ठ नागरिक, पुस्ता, बुढ्यौली

Abstract

नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.१३% देखिन्छ । यस अध्ययनको उदेश्य नेपालमा बुढ्यौलीको जनसाङ्ख्यिक अवस्थाको विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययनमा वि.सं. २००९/११ देखि वि.सं. २०६८ सम्मको जनगणनाका तथ्याङ्कलाई स्रोत मानी विश्लेषण गरिएको छ । नेपालमा बि. स. २००९/११ मा कुल जनसङ्ख्या ८२५६६२५ मा वृद्ध जनसङ्ख्या ४०९७६१ (४.९९%) रहेकामा त्यसपछि भएका १०/१० वर्षको जनगणनामा वृद्ध जनसङ्ख्या बढेको देखिन्छ । वि. स. २००९/११ मा जम्मा जनसङ्ख्याको ४.९९% वृद्ध जनसङ्ख्या रहेकोमा वि. स.२०५८ लगभग ४७ वर्षमा सो जनसङ्ख्या १.५१% ले मात्र वृद्धि भई ६.५०% पुगेको पाइन्छ । स्वास्थ्य प्रतिको चेतना, गुणस्तरीय जीवनयापन, पोषणयुक्त खाना, स्वास्थ सेवामा पहुँचका कारण बुढ्यौली वा ज्येष्ठ नागरिकको जनसङ्ख्या र दिनप्रतिदिन बढ्दो क्रममा छ । हाम्रो देशले विकसित देशले जत्तिकै सेवा सुविधा नगरे पनि कल्याणकारी राज्यको अवधारणा अनुरूप वृद्ध भत्ता, सामाजिक सुरक्षा, स्वास्थय उपचार जस्ता कल्याणकारी व्यवस्था गरेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
145

Downloads

Published

2022-12-31

How to Cite

उपाध्याय Upadhyay श. S. (2022). नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}. Mangal Research Journal, 3(1), 125–132. https://doi.org/10.3126/mrj.v3i1.51714

Issue

Section

Articles