किशोरीहरूले प्रयोग गर्ने भाषा {Language Use by Teenage Girls}

Authors

  • दुर्गाप्रसाद Durga Prasad दाहाल Dahal

DOI:

https://doi.org/10.3126/mrj.v3i1.51711

Keywords:

किशोरी, कोड मिश्रण, पद सङ्गति, बनोट, शब्दको आयाम, सामाजिक भाषिका, स्रोत

Abstract

किशोरीहरूले प्रयोग गर्ने भाषा शीर्षकको प्रस्तुत अध्ययनका लागि किशोरीहरूको अभिव्यक्तिमा प्रयोग हुने शब्दको आयाम, स्रोत र बनोटका साथै उनीहरूको वाक्यको आयाम, कोड मिश्रण र सङ्गतिका आधारमा भाषाको विश्लेषण गर्नु उद्देश्य निर्धारण गरिएको छ । यस अध्ययनका लागि स्थलगत अध्ययन गरिएको छ । किशोरीहरूको वार्तालापलाई अभिलेखीकरण गरी त्यस वार्तालापका आधारमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । किशोरीहरूले वार्तालापमा लामालामा शब्दभन्दा छोटा शब्दको बढी प्रयोग गरेको देखिन्छ । किशोरीहरूको
भाषामा आगन्तुक शब्दको तुलनामा बढी तद्भव शब्द प्रयोग भएको देखिन्छ तापनि उनीहरूको भाषिक अभिव्यक्तिमा आगन्तुक स्रोतका शब्दहरूको अत्यधिक प्रयोग भएको पाइन्छ । उनीहरूले तत्सम शब्द कम मात्रामा प्रयोग गरेका छन्। उनीहरूले अत्यन्त प्रचलित तत्सम शब्दको मात्र प्रयोग गरेको देखिन्छ । यसबाट उनीहरूको सिकाइमा संस्कृत भाषाको भन्दा अङ्ग्रेजी र भारतीय भाषाको प्रभाव रहेको देखिन्छ । यिनीहरूले व्युत्पन्न शब्दको तुलनामा मूल शब्द नै प्रयोग गर्ने गरेको देखिन्छ । किशोरीहरूले साथीहरूलाई बोलाउँदा प्रयोग गर्ने ब्रो, ड्युड, सिस्, गाइज, फ्रेन्ड, पार्ट्स, जस्ता शब्दहरू अङ्ग्रेजी भाषाबाट भित्रिएको हुन्। उनीहरूले आफ्नो अभिव्यक्तिमा स्वतःस्फुर्त रूपमा अङ्ग्रेजी र हिन्दी भाषाका शब्दहरू प्रयोग गरी कोड मिश्रण गरेको देखिन्छ । यसरी किशोरीहरूले स्थानीय वा आञ्चलिक प्रकृतिको कोड मिश्रण नभई अन्तर्राष्ट्रिय भाषाको कोड मिश्रणको प्रयोग गरेको पाइन्छ । यसबाट हामीले स्थानीय भाषाका सामग्रीहरूको सम्पर्कमा किशोरीहरूलाई पुर्‍याउन नसकेको देखिन्छ । किशोरीहरूको वार्तालापमा लामा लामा वाक्यको प्रयोग नभई छोटा वाक्यको प्रयोग भएको पाइन्छ । यिनीहरूले वचन र आदरका दृष्टिले वाक्यको सङ्गतिगत प्रयोग गरेको देखिँदैन ।

Downloads

Download data is not yet available.
Abstract
79
PDF
76

Downloads

Published

2022-12-31

How to Cite

दाहाल Dahal द. D. P. (2022). किशोरीहरूले प्रयोग गर्ने भाषा {Language Use by Teenage Girls}. Mangal Research Journal, 3(1), 109–124. https://doi.org/10.3126/mrj.v3i1.51711

Issue

Section

Articles