सामुदायिक विद्यालयका राहत शिक्षकका समस्या र समाधान {Problems and the Solutions of Aid Quota 'Rahat' Teachers at Community Schools }

Authors

  • गणेश प्रसाद Ganesh Prasad खनाल Khanal
  • दाताराम Dataram नेपाल Nepal

DOI:

https://doi.org/10.3126/mrj.v3i1.51709

Keywords:

करार सम्झौता, पेसागत सङ्गठन, पेसागत स्थायित्व, राहत अनुदान शिक्षक, समावेशी सिद्धान्त

Abstract

प्रस्तुत अध्ययन सामुदायिक विद्यालयका राहत शिक्षकहरूका समस्या र ती समस्याहरूको समाधानमा केन्द्रित रहेको छ । यो अध्ययन दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्यापनरत छ जना राहत शिक्षकहरूलाई उद्देश्यमूलक नमुना छनोट गरी फिनोमिनोलोजिकल ढाँचामा यो अध्ययन तयार गरिएको छ । अध्ययनमा आवश्यक पर्ने सामग्रीहरू अन्तरवार्ता र छलफलद्वारा सङ्कलन गरिएको छ । अध्ययन अनुसार राहत शिक्षकलाई नीतिगत रूपमा नेतृत्वगत जिम्मेवारी नदिइएको, राहत शिक्षक नियुक्तिमा   व्यवस्थित र पारदर्शी आधारसमेत नभएको पाइयो। यसका कारण विद्यालयमा राहत शिक्षकलाई हेर्ने दृष्टिकोण सकारात्मक देखिएन । राहत शिक्षकहरूको पेसाप्रतिको दृष्टिकोण सकारात्मक बनाउन नेपाल सरकारले नीतिगत रूपमा राहत शिक्षकलाई पनि अन्य शिक्षकसरह समान सेवासुविधा प्रदान गर्नुपर्ने देखिन्छ । राहत शिक्षकहरूलाई विद्यालय तहमा नेतृत्व, जिम्वेवारी, पेसागत सुरक्षाको सुनिश्चित गराउनु पर्दछ । राहत शिक्षक नियुक्ति प्रक्रियामा एकै प्रकारको मापदण्ड अपनाएर दक्ष, योग्य, क्षमतावान् शिक्षक विद्यालयमा प्रवेश गराउने नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ । उनीहरूको पेसागत सुरक्षा सुनिश्चित गर्नाका लागि निश्चित अवधि सेवा अनुभव भएका मध्येबाट आन्तरिक प्रतिस्पर्धाद्वारा स्थायी नियुक्ति दिने व्यवस्था मिलाउनु न्यायोचित देखिन्छ । 

Downloads

Download data is not yet available.
Abstract
32
PDF
23

Downloads

Published

2022-12-31

How to Cite

खनाल Khanal ग. प. G. P., & नेपाल Nepal द. D. (2022). सामुदायिक विद्यालयका राहत शिक्षकका समस्या र समाधान {Problems and the Solutions of Aid Quota ’Rahat’ Teachers at Community Schools }. Mangal Research Journal, 3(1), 93–108. https://doi.org/10.3126/mrj.v3i1.51709

Issue

Section

Articles