गाउँको माया कथाको भाषिक शैली {Language Style of the Story Village's Love}

Authors

  • सोमप्रसाद Som Prasad गर्तौला Gartaula विद्यावारिधि शोधार्थी, त्रिभुवन विश्वविद्यालय PhD Scholar, Tribhuvan University

DOI:

https://doi.org/10.3126/mj.v4i1.67826

Keywords:

अग्रभूमीकरण, आर्थी विचलन, चयन, षिक शिल्प, वर्णात्मक समानान्तरता

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख इस्मालीद्वारा लिखित ‘गाउँको माया’ कथामा प्रयुक्त भाषिक शैलीको विश्लेषणमा केन्द्रित छ । यस लेखमा पुस्तकालयीय अध्ययनकार्यबाट सामग्री सङ्कलन गरी गाउँको माया कथालाई प्राथमिक सामग्री तथा भाषिक शैलीसम्बद्ध सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिई वर्णनात्मक तथा आवश्यकताअनुसार विश्लेषणात्मक विधिको उपयोग गरी निष्कर्षमा पुगिएको छ । विश्लेष्य कथा साहित्यिक विधा भएकोले मानक व्याकरणका मान्यताभन्दा बाहिर कलात्मक ढङ्गबाट भाषिक शैलीशिल्पअन्तर्गत रहने चयन (पर्यायवाची चयन, व्यावहारिक चयन, व्याकरणिक चयन, शैलीय चयन, विशिष्ट पारिभाषिक चयन र वाक्यात्मक चयन) तथा अग्रभूमीकरण (विचलन र समानान्तरता) ले कथाको प्रस्तुतिलाई प्रभावकारी बनाउँदै कथामा रोचकता थपेको पाइएको छ । कथाको अभिव्यक्तिमा आलङ्कारिक भाषा, विचलनयुक्त भाषाशैली, वर्णात्मक समानान्तरता तथा स्थानीय भाषाको प्रयोगले कथाले व्यक्त गर्न खोजेको सन्देश स्पष्ट हुन पुगेको पाइएको छ भने प्रस्तुत अध्ययनले कथामा प्रयुक्त भाषिक शैली तथा प्रस्तुतिले गर्दा कथा सम्प्रेष्य र प्रभावकारी बनेको निष्कर्षसमेत प्रस्तुत गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
88

Downloads

Published

2024-07-16

How to Cite

गर्तौला Gartaula स. S. P. (2024). गाउँको माया कथाको भाषिक शैली {Language Style of the Story Village’s Love}. Marsyangdi Journal, 4(1), 120–128. https://doi.org/10.3126/mj.v4i1.67826

Issue

Section

Articles