गण्डकी प्रदेशका रत्यौली गीतमा नारीपहिचान

Authors

Keywords:

प्रतिनिधित्व, प्रतिरोध, पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व, विभेद, सत्तासम्बन्ध

Abstract

प्रस्तुत लेखमा रत्यौली गीतमा नारीपहिचानको विश्लेषण गरिएको छ । पुस्तकालय, क्षेत्रकार्य र विद्युतीय सञ्चार माध्यमबाट सामग्री सङ्कलन गरिएको यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान पद्धतिको उपयोग गरिएको यस अध्ययनमा सङ्कलित सामग्रीमा निहित विषयवस्तुको विश्लेषणमा आधारित भई विषयवस्तुकेन्द्री विधिको उपयोग गरिएको छ । नारीवादमा अभिव्यक्त नारीपहिचानलाई सैद्धान्तिक आधारका रूपमा लिई अध्ययन गरिएको यस लेखमा पितृसत्ता, सत्तासम्बन्ध, तथा विभेद र प्रतिरोधलाई पहिचान अध्ययन गर्ने आधार बनाइएको । गण्डकी प्रदेशका रत्यौली गीतमा नारीपहिचानको स्वरूपलाई पितृसत्ताका कोणबाट अध्ययन गरिएको यस लेखमा सत्ताको केन्द्रमा रहेको पितृसत्ताका कारण नेपाली नारीको अवस्था अप्रतिनिधित्व, अपरिचयीकरण र किनारीकृत रहेको विषय अभिव्यक्त भएको छ । सामाजिक सम्बन्धअन्तर्गत उत्पादन पद्धतिमा पुरुषको नियन्त्रण एवम् नारीका कार्यलाई अनुत्पादक मान्ने संस्कृतिका कारण पुरुष सत्ताको केन्द्र र नारी किनारीकृत रहेको अन्तर्वस्तु सत्तासम्बन्धको आधार रहेको अभिव्यक्ति प्रस्तुत गरिएका गण्डकी प्रदेशका रत्यौली गीतामा अध्यात्मवादी पितृसत्तात्मक संस्कृतिबाट उत्पादित ज्ञानलाई स्वीकार गर्न बाध्य परिएका नारी तथा नारीमा निहित पितृसत्तात्मक ज्ञानका कारण विभेदको सिर्जना भएको विषयमा यस लेखमा विमर्श गरिएको छ ।

Abstract
93
PDF (Nepali)
0

Downloads

Published

2025-09-12

How to Cite

रेग्मी र. (2025). गण्डकी प्रदेशका रत्यौली गीतमा नारीपहिचान . Myagdi Guru, 8, 171-189. https://doi.org/10.3126/mg.v8i1.84197

Issue

Section

Articles in Nepali

How to Cite

रेग्मी र. (2025). गण्डकी प्रदेशका रत्यौली गीतमा नारीपहिचान . Myagdi Guru, 8, 171-189. https://doi.org/10.3126/mg.v8i1.84197