गुल्मी दरबार क्षेत्रमा प्रचलित लोककथा “सात भाइकी एक बहिनी”मा लोकविश्वास

Authors

  • शिवशरण Shivasharan ज्ञवाली Gyawali सरस्वती बहुमुखी क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/mg.v7i1.70052

Keywords:

फुकफाक, टुनामुना, जन्तरमन्तर, व्यक्तित्वकरण, अधिकृत सत्य

Abstract

प्रस्तुत आलेख गुल्मी जिल्लाको गुल्मी दरबार क्षेत्रमा प्रचलित “सात भाइकी एक बहिनी” शीर्षकको लोककथामा लोकविश्वासको खोजी कार्यमा आधारित रहेको छ । लेखका प्राथमिक सामग्री उक्त लोककथामा रहेका स्वैरकल्पना, लोकधर्म, जादु, व्यक्तित्वकरण र लोकरीति रहेका छन् भने द्वितीयक सामग्री पुस्तक अध्ययनबाट तयार पारिएको स्वैरकल्पना, लोकधर्म, जादु, व्यक्तित्वकरण र लोकरीतिसम्बन्धी सिद्धान्त हुन् । गुल्मी दरबार क्षेत्रमा प्रचलित यो लोककथामा माछाले, सर्पले, बाघका बच्चाले सङ्कटमा परेका बेला नन्दलाई सघाएको स्वरैकाल्पनिक कुरा आएको छ । दाजुहरू बिहे गरेर
बहिनीको जिम्मा श्रीमतीहरूलाई लगाएर विदेशिएका छन् । माछा चाल्नाका प्वालमा लुकेर बस्नु, सर्पले नाम्लो र जिउरोको काम गर्नु, बहिनी बाकसमा लुक्नुजस्ता जादु प्रयोग भएको छ । यो लोककथामा माछा, सर्प, बाघको व्यक्तित्वकरण गरिएको छ । नन्दलाई भाउजूहरूले माया र हेला गर्ने, हेला गर्नेलाई पानी नघाएर दण्ड दिनेजस्ता लोकरीति पालन भएको पाइन्छ । लोकविश्वासको प्रयोगले लोककथा रोचक बनेको छ । त्यसैले लोककथाले श्रोतालाई भरपूर मनोरञ्जन दिनुका साथै सानालाई माया गर्नुपर्छ भन्ने शिक्षा पनि दिएको छ । उक्त लोककथामा लोकविश्वासका सबै मान्यताहरू प्रयोग भएको निष्कर्ष लेखले निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Author Biography

शिवशरण Shivasharan ज्ञवाली Gyawali, सरस्वती बहुमुखी क्याम्पस, काठमाडौँ

नेपाली विभाग

Downloads

Published

2024-09-26

How to Cite

ज्ञवाली Gyawali श. S. (2024). गुल्मी दरबार क्षेत्रमा प्रचलित लोककथा “सात भाइकी एक बहिनी”मा लोकविश्वास. Myagdi Guru, 7(1), 182–192. https://doi.org/10.3126/mg.v7i1.70052

Issue

Section

Research Article/Literature and Criticism