नेपाली नारीवादी कवितामा नारी विचारधारा
Keywords:
शक्तिसम्बन्ध, आत्मपहिचान, पितृसत्ता, नारीपहिचानAbstract
प्रस्तुत लेख नारीवादी नेपाली कवितामा नारीविचारधाराको स्वरूप, प्रक्रिया र प्रयोजनको विश्लेषणमा
आधारित छ । पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको यो लेखमा प्राथमिक र द्वितीयक दुवै
स्रोतका सामग्रीको उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषण विधिका आधारमा
प्राप्त सामग्रीको अध्ययन गरिएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग भएको छ । मूलतः
निगमनात्मक पद्धतिमा सामग्रीको सिद्धान्तनिष्ठ अध्ययन गरिएको यस लेखमा नारीवादलाई सैद्धान्तिक
र नारीवादी विचारधारालाई अवधारणात्मक आधारका रूपमा उपयोग गरिएकोछ । सांस्कृतिक रूपले
पितृसत्ताको उत्पीडनमा अस्तित्वविहीन बाँच्ने नेपाली नारीहरू शक्तिसम्बन्धमा आवाजविहीन रहेको र
यिनको अवस्था उत्पीडित रहेको दृष्टिकोण प्रस्तुत गरिएका नेपाली नारीवादी कवितामा उत्पीडनको
बाहक पितृसत्ता, सामन्तवादी संस्कृति र नारीसहिष्णु बन्न नसकेको परिवेशलाई केन्द्रमा राखिएको
छ । नारी आफैँमा स्वसत्ताका प्रतिनिधि रहेर पनि तिनको आत्मपहिचानलाई दमन गर्ने संस्कृतिको
निरन्तरताका कारण उत्पीडनले विचारधारात्मक स्वरूप लिएको भाव व्यक्त गरिएका नेपाली नारीवादी
कवितामा नारी अधिकार प्राप्तिका लागि वञ्चित रहके ो विषयलाई अभिव्यक्त गरिएको छ । नेपाली
नारीवादी कविताहरू परम्परागत सांस्कृतिक अभ्यासको अन्त्य गरी पुरुषसरह लैङ्गिक अधिकार सम्पन्न
हुनुपर्ने नारीकेन्द्री विचारधाराको अभिव्यक्तिमा केन्द्रित हुँदै गएका छन् ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.