किरात राई जातिको विवाह संस्कारमा : मुन्दुम
Keywords:
मुन्दुम, कलिया, धामी, मूलढोका पुजा, भाइ खाने रीत, साङ्चेप, दुरान फर्काउनेAbstract
किरात सभ्यताको विकास क्रममा किरात जातिका मानिसहरूले आफ्ना भाषा, धर्म, संस्कार संस्कृतिलाई मौलिक ढँगबाट विकास गर्दै लगेको पाइन्छ । यसप्रकारका संस्कार संस्कृतिहरूमध्ये किरात जातिका मानिसहरूको मुन्दुम निर्देशित विवाहा संस्कार पनि पर्दछ । समाजमा प्रचलित अन्य प्रकारका विवाह संस्कारमध्ये मागी विवाहलाई मात्र किरात राई जातिका मानिसहरूले मान्यता दिएको देखिन्छ । मुन्दुम निर्देशित मागी विवाह सम्पन्न गर्दा धामीको गेयविधामार्फत चुल्होलाई शक्ति मागी कलिया (लमी) मार्फत केटीको मगनी गरिन्छ । केटातर्फको कलिया र केटीका अभिभावक बीच वादसम्वाद हुँदा केटीको अभिभावकले छोरी दिने मञ्जुर गरे पछि केटीलाई केटा घर ल्याइन्छ र केटा घरको ढोका पूजा गरी केटीलाई चुल्होमा हुली भित्र्याउने गरिन्छ । केटा घरबाट केटीको अभिभावकसमक्ष विवाह माग्ने रीत लगिन्छ र केटीको अभिभावकले विवाह दिने स्वीकृत दिए भाइले खाने रीत लगी विवाह सम्पन्न गर्ने टुुङ्गो लगाइन्छ । कलियाको नेतृत्वमा केटा घरबाट केटी घर जन्ती गई लगन विधि सकेर बागदत्ता बोलिन्छ र केटी घरको चुल्होबाट बेहुली निकाली जन्ती अन्भ्याइन्छ । बेहुलीलाई केटा घर पुु¥याए भोज भतेर गरिन्छ । निम्तालुहरूले केटालाई आर्थिक सहयोग साङचेप गर्दछन् । अन्तमा विवाहमा श्रससहयोग गर्नेहरूलाई श्रमको कदर गर्दै रीत राखी बिदा दिईन्छ भने केटा र केटीले दु्रान फर्काएसँगै विवाह संस्कार सम्पन्न गर्दै आएको निष्कर्षमा पुगिएको छ ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.