मैले सरिताको हत्या गरेँ कथामा मनोविज्ञान {Psychology in The Story 'Maile Saritako Hatya Garen}
DOI:
https://doi.org/10.3126/kj.v3i1.65915Keywords:
कोठी, गुप्ती, मातृविहीन, असामान्य, मनोविकृत, आरोप, गरगहना, डकैती, जीवित, हत्या, झ्यालखानाAbstract
यस अध्ययनमा मानव मनभित्र उत्पन्न मानसिक अवस्थाको चित्रण भएको छ । बाल्य अवस्थामा मातृविहीन हुन पुगेको व्यक्ति कसरी अपराध मानसिकतासम्म पुग्दो रहेछ भन्ने विषयलाई कथाले दर्शाएको छ । बाल्यकालका उचित स्याहार सम्हार नपाएपछि मानिसले प्रेम प्राप्तिका लागि हत्या जस्तो जघन्य अपराध पनि गर्दो रहेछ भन्ने बिषयलाई कथाले प्रस्तुत गरेको छ । प्रस्तुत लेखमा आधुनिक नेपाली मनोवैज्ञानिक कथाकार गोबिन्दबहादुर मल्ल गोठालेको 'मैले सरिताको हत्या गरें' कथाको मनोवैज्ञानिक विश्लेषण गरिएको छ । गोठालेका कथा आधुनिक नेपाली कथा परम्परामा विश्वेश्वरप्रसाद कोइरालाबाट सुरु भएको मनोवैज्ञानिक यथार्थबादमा पर्दछन् । यो गुणात्मक अनुसन्धान विधि अन्तर्गतको अनुसन्धान भएकोले पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी वर्णनात्मक एवम् विश्लेषणात्मक विधिका आधारमा विवेच्य कथामा म पात्रले परिवारबाट आवश्यक माया र ममता नपाउँदा कसरी मानव हत्या जस्तो जघन्य अपराधसम्म गर्न पुग्दोरहेछ भनेर विवेच्य कथामा अपराध मनोविज्ञान भएको निष्कर्ष निकाल्लिएको छ ।