पाठ्यक्रम विकासमा सिकाइ सिद्धान्तको प्रभाव {Effect of Learning Theories on Curriculum Development}
DOI:
https://doi.org/10.3126/kj.v3i1.65900Keywords:
पाठ्यक्रम, सिकाइ, संज्ञानवाद, व्यवहारवाद, प्रभाव, उद्दीपक, प्रतिक्रिया, प्रत्यक्षीकरण, अन्तरदृष्टि, शिक्षा मनोविज्ञान, विषयकेन्द्रित, बाल-सिकारुकेन्द्रितAbstract
यस अध्ययनको मुख्य उद्देश्य पाठ्यक्रम विकासमा सिकाइ सिद्धान्तले पार्ने अवधारणात्मक प्रभावको विश्लेषण गर्नु रहेको छ । विश्लेषण गर्न गुणात्मक ढाँचा र सूचनाका सहायक स्रोतहरूको प्रयोग गरिएको छ । प्रभावको विश्लेषणलाई पाठ्यक्रमको मुख्य ढाँचा, विषयकेन्द्रित ढाँचालाई संज्ञानात्मक सिकाइ सिद्धान्त वा संज्ञानवाद र सिकारु÷बालकेन्द्रित ढाँचालाई व्यवहारवादी सिकाइ सिद्धान्त वा व्यवहारवादसँग परिसीमित गरी एक अर्काको मिल्दो प्रकृतिका आधारमा उल्लेख गरिएको छ जसअनुसार संज्ञानवाद मानसिक चिन्तन प्रक्रिया, बौद्धिक योग्यता र सिपको विकास गर्ने क्रियाकलापको अभ्यासद्वारा विभिन्न तथ्य, घटना र वस्तुको बारेमा जानकारी लिने क्षेत्रसँग सम्बन्धित रहन्छ । यसले मानसिक चिन्तन र तर्क जस्ता ज्ञानात्मक प्रक्रियाको परिणामलाई सिकाइ भन्दछ । यसै आधारमा विषय केन्द्रित पाठ्यक्रमको ढाँचालाई संज्ञानात्मक प्रक्रियाको रूपमा अथ्र्याइएको पाइन्छ किनकि विभिन्न विषयकेन्द्रित पाठ्यक्रमले सिकाइको विषयगत विस्तृत ज्ञानात्मक निपूर्णतामा जोड दिई मानसिक तथा बौद्धिक सिप र क्षमताका चरणहरूको विकास गर्ने उद्देश्य राखेको हुन्छ । यस ढाँचाले शिक्षण सिकाइमा मानसिक क्रियाकलापलाई जोड दिने गरी औपचारिक विधिहरूलाई अपनाउँछ भने तार्किक क्रम र क्षेत्रअनुसार संगठित गरी विषयवस्तुहरू समावेश गरिएका हुन्छन् । त्यसै गरी व्यवहारवाद एक वस्तुवादी धारणा भएकोले यसले पर्याप्त भौतिक अनुभवहरू प्रदान गरी सिकारुको ज्ञानलाई विकास गर्ने कुरामा विश्वास गर्दछ । सिकाइ उद्दीपक र प्रतिक्रियाको निकटता र सम्बन्धको अभ्यासको प्रतिफल हो भन्ने मानिन्छ । यसले सिकाइ प्रक्रियालाई अवलोकनयोग्य बाह्य व्यवहारको परिवर्तनको रूपमा व्याख्या गर्दछ । यसै आधारमा हेर्दा बालकेन्द्रित पाठ्यक्रम ढाँचा अनुभव तथा क्रियाकलापकेन्द्रित रहेको पाइन्छ । यस पाठ्यक्रममा विद्यार्थी आफैँ भौतिक र सामाजिक आवश्यकता पूरा गर्न शारीरिक, मानसिक तथा सृजनात्मक र समस्या समाधान गर्ने क्षमता विकास गर्ने खालका क्रियाकलापहरूमा सक्रिय सहभागिता गराई ठिक सिकाइ अनुभव प्राप्त गर्ने उद्देश्य राखिएको हुन्छ । यस पाठ्यक्रममा भौतिक जगतको प्रत्यक्ष अनुभव गरेर विद्यार्थीले आफ्नो ज्ञान निर्माण गर्ने खालका व्यापक विषयवस्तुहरू समावेश गरिनु पर्नेमा जोड दिइन्छ । यसमा बालमनोविज्ञानमा आधारित रही बालकेन्द्रित शिक्षण विधिहरू तथा रुचिप्रेरित शैक्षिक सामग्रीहरूको प्रभावकारी प्रयोग गरिन्छ।