आधारभूत तहमा मातृभाषा शिक्षा कार्यान्वयनका समस्या र समाधानका उपाय

Authors

  • Tara Prasad Pokharel

DOI:

https://doi.org/10.3126/kanyaj.v5i1.71083

Keywords:

आधारभूत, पाठ्यक्रम, मातृभाषा, बहुभाषिक, भाषानीति

Abstract

नेपाल बहुभाषिक र बहुजातीय राज्य हो । नेपालको संविधान २०७२ मा बहुभाषिकतालाई स्वीकार गरी मातृभाषा शिक्षालाई नागरिकको मौलिक हकका रूपमा उल्लेख गरिएको छ । स्थानीय तथा क्षेत्र विशेषको शिक्षाका रूपमा मातृभाषाको महत्त्व अझ बढेको छ । प्रस्तुत अध्ययनमा आधारभूत तहमा मातृभाषा शिक्षा कार्यान्वयनको अवस्थाका बारेमा अनुसन्धान गरिएको छ । आधारभूत तहमा मातृभाषा शिक्षा कार्यान्वयन कसरी भएको छ ? आधारभूत तहमा मातृभाषा शिक्षा कार्यान्वयनमा को कसको भूमिका रहेको हुन्छ ? भन्ने प्रश्नको उत्तर खोजी गरिएको छ । गुणात्मक अनुसन्धान विधिअन्तर्गत घटना अनुभव विधिको आधारमा अध्ययनको विषयवस्तु प्रस्तुत गरिएको छ । स्थान विशेष, क्षेत्र विशेष, सामाजिक पुनर्सँरचानावादी सिद्धान्त तथा स्पोल्स्कीको भाषा नीतिसम्बन्धी सिद्धान्तका आधारमा तथ्याङ्क सङ्कलन र विश्लेषण गरिएको छ । आधारभूत तहमा मातृभाषा शिक्षालाई प्रभावकारी बनाउन मातृभाषाको साधारण र विशिष्ट उद्देश्य निर्धारण गर्नुपर्ने, आवश्यकताअनुसार पाठ्यक्रम–पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीको व्यवस्थापन गर्नुपर्छ । शिक्षक र विद्यार्थीको सक्रियताले मातृभाषा शिक्षा प्रभावकारी बन्दछ । मातृभाषा शिक्षा कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्न राज्यले उचित नीतिको व्यवस्थापन गर्नु आवश्यक रहेको अध्ययनका क्रममा सङ्कलित तथ्याङ्कको निष्कर्ष रहेको छ ।

Abstract
41
PDF
39

Downloads

Published

2024-10-25

How to Cite

Pokharel, T. P. (2024). आधारभूत तहमा मातृभाषा शिक्षा कार्यान्वयनका समस्या र समाधानका उपाय. Kanya Journal, 5(1), 80–99. https://doi.org/10.3126/kanyaj.v5i1.71083

Issue

Section

Research Article