महारानी उपन्यासमा नारी सामाजिक उत्पीडन {Women's social oppression in Maharani's novel}

Authors

  • लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari Associate Professor in Nepali at Prithvi Narayan Campus, Nepal

DOI:

https://doi.org/10.3126/kanyaj.v3i1.45403

Keywords:

रुढिग्रस्त संस्कार र लैङ्गिक विभेद, पितृसत्ता, मूल्यहीनता, बहुविवाह

Abstract

प्रस्तुत आलेखमा चन्द्रप्रकाश बानियाँद्वारा रचित उपन्यास महारानी (२०७६) को नारीवादी कोणबाट अध्ययन गरिएको छ । सामग्री सङ्कलनको मुख्य स्रोत पुस्तकालयलाई बनाइएको यस आलेखमा नारीवादी अध्ययनलाई सैद्धान्तिक आधार बनाइएकाले मूलतः निगमनात्मक शोधविधिको प्रयोग गरिएको छ । यस उपन्यासमा विश्वप्रभाजस्ता पात्रले खेप्नुपरेको मूलतः सामाजिक उत्पीडन र अंशतः राजनैतिक तथा सांस्कृतिक उत्पीडनका बारेमा गम्भीर विमर्श गरिएको छ । यस क्रममा नारीवादी समालोचनाको परिचय दिई नारीवादी आन्दोलनको पृष्ठभूमि, विकास र यसका उपधाराहरूको चर्चा गरी त्यसैको जगमा महारानी उपन्यासको विमर्श गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । महिलाका बारेमा प्रस्तुत गरिने दर्शन र राजनीति नारीवाद हो । नारीवादले पुरुषका तुलानामा नारी पछि परेका हुँदा पुरुषसरह हक र अधिकारका लागि पितृसत्ताका विरुद्ध आवाज उठाउन प्रेरित गर्छ । लिङ्गका आधारमा हुने भेदभाव र दमनका कारण महारानी उपन्यासले राजनीति, अर्थतन्त्र, शिक्षा र शक्तिका स्रोतहरूमा पुरुषको वर्चस्व रहे पनि देशमा सङ्कट परेका बखत नारीहरूको भूमिका अद्वितीय रहँदै आएको तथ्य खुलासा गर्छ भन्ने निष्कर्षमा पुगिएको छ । विगतमा नारीप्रति गरिएको सामाजिक विभेद तथा उत्पीडनलाई चर्चामा ल्याउनु यस अध्ययनको प्राप्ति हो ।

Downloads

Download data is not yet available.
Abstract
82
PDF
86

Downloads

Published

2022-05-26

How to Cite

अधिकारी Adhikari ल. L. (2022). महारानी उपन्यासमा नारी सामाजिक उत्पीडन {Women’s social oppression in Maharani’s novel}. Kanya Journal, 3(1), 123–134. https://doi.org/10.3126/kanyaj.v3i1.45403

Issue

Section

Articles